coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कंग्रेस छाडेका २१ पूर्वविधायक भाजपा प्रवेश

नयाँ दिल्ली – मध्यप्रदेश राज्यका कंग्रेस आईका २१ पूर्वविधायक भारतीय जनता पार्टी (भाजपा)मा शनिबार प्रवेश गरेका छन्। बैंग्लोरबाट चाटर्ड प्लेनमार्फत शनिबार दिल्ली पुगेका ती पूर्वविधायकले भाजपा अध्यक्ष जेपी अड्डाको निवासमा पार्टीको सदस्यता लिएका हुन्।

उनीहरूसँग पार्टी छाडेका पूर्वविधायक विसाहुलाल साहुले भने यसअघि नै भाजपाको सदस्यता लिइसकेका छन्। भाजपा प्रवेश गरेका पूर्वविधायकमध्ये १८ ज्योतिरादित्य सिंधिया समर्थक मानिन्छन्। बाँकी चार पूर्वविधायक भने सरकारको कामप्रति असन्तुष्ठ भएर पार्टी छाडेका हुन्।  ती पूर्वविधायकले बैँग्लोर पुगेर राजीनामा दिएका थिए।

कंग्रेसका २२ विधायकले पार्टी छाडेपछि अल्पमत भएपछि मुख्यमन्त्री कमलनाथले शुक्रबार राजीनामा दिएका छन्। यसैबीच, भाजपा नेता ज्योतिरादित्य सिंधियाले सञ्चारकर्मीसँग कुराकानी गर्दै भाजपा प्रवेश गरेका सबै २२ पूर्वविधायकले उपचुनावमा टिकट पाउने दाबी गरेका छन्। कंग्रेस विधायकको राजीनामापछि खाली भएका  २२ सिटसहित २४ सिटका लागि मध्यप्रदेशमा ६ महिनाभित्र उपचुनाव गरिँदैछ।

प्रकाशित: ९ चैत्र २०७६ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App