coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

नयाँ दिल्ली – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि प्रतिबन्ध लगाइएको बताए। मुख्यमन्त्री केजरीवालले भिडियोमार्फत् शनिबार सार्वजनिक सन्देशमा भने, ‘हामीले कुनै ठाउँमा भेला हुने व्यक्तिको संख्यामाथि पुनरावलोकन गर्दै नयाँ निर्णय सार्वजनिक गरेका छौँ। अबदेखि अर्को निर्णय नहुँदासम्म राजधानी दिल्लीमा पाँच व्यक्तिभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन।  जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनमा धेरै व्यक्ति भेला हुनुलाई मनाही गरिएको छ।’

यदि पाँचजना भन्दा बढी व्यक्ति भेला हुनु नै परेमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरीलाई एक मिटरभन्दा बढी फरक गर्न पनि सन्देशमा आग्रह गरिएको छ। दिल्ली राज्य सरकारले यसअघि केही दिनअघि २० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन निषेध गरेको सूचना जारी गरेको थियो। मुख्यमन्त्री केजरीवालले भने, ‘दिल्लीमा गुड्ने ५० प्रतिशतभन्दा बढी दिल्ली यातायात कर्पोरेसनका सार्वजनिक सवारीसाधनहरू भने आइतबार ‘जनता कफ्र्यू’ मा सञ्चालन गरिनेछ।’

कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन दिल्लीमा गुड्ने छैनन्। यसअघि बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ देखि बिहान ७ बजेदेखि बेलुका नौ बजेसम्म ‘जनता कफ्र्यू’ (घरबाहिर ननिस्कन) आग्रह गरेका थिए। उनले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका थिए।
 

प्रकाशित: ९ चैत्र २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App