coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइ राजाको मस्तिष्क शल्यक्रिया सफल, स्वास्थ्य सुधारोन्मुख

बैंकक—थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको स्वास्थ्यमा सामान्य सुधार आएको छ। थाइल्याण्डका बयोबृद्ध राजा भूमिबोलको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी आइतबार निकालिएको थाई राजदरबारले आइतबार बताएको हो। 

थाई राजा भूमिबोलको मस्तिष्कमा पानी जमेको जानकारी चिकित्सकहरुले यसअघि नै गराएका थिए। त्यसपश्चात उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक चासो बढेको थियो। 

थाइल्याण्डका अठासी वर्षीय राजा पछिल्लो समय ह्वीलचियरको सहयोगमा हिँड्ने गर्छन्। पछिल्लो समयमा उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक रूपमा चासो व्यक्त गर्न थालिएपछि दरबारले उनको स्वास्थ्य स्थितिबारे पछिल्ला महिनामा नियमित जानकारी दिन थालेको हो। 

राजा भूमिबोलले गएको दुई वर्ष अधिकांश समय बैंककस्थित अस्पतालमा बिताएका छन्। उनको स्वास्थ्यमा बारम्बार समस्या देखिँदै आएको छ।  उनी ब्याक्टेरियाको सङ्क्रमण कारण श्वासप्रश्वास, मुटु र मस्तिष्कमा पानी जम्ने समस्या भएपछि चिकित्सकको सल्लाहबमोजिम नियमित रूपमा उपचार गराइरहेका छन्। 

थाइ राजदरबारले सोमबार उनको स्वास्थ्यमा सामान्य सुधार आएको जानकारी दिएको हो। एएफपी

प्रकाशित: २० असार २०७३ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App