६ वैशाख २०८१ बिहीबार
राजनीति

संविधान संशोधनको विपक्षमा कांग्रेस नेता गुरुङ

काठमाडौं–नेपाली काँग्रेसका नेता तथा सांसद धनराज गुरुङले  यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्।  सोमबार रिपोर्टस क्बलले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले भने, ‘म संशोधन विधेयकको पक्षमा छैन, सर्वस्वीकार्यको नाममा  संविधान संशोधन गर्ने कुरा अहिले संभव छैन, दलहरुवीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ।’

उनले एमालेजस्तो पार्टीलाई बाहिर राखेर वा सहमति नगरीकन संशोधन गर्नुको कुनै अर्थ नहुने जिकिर गरे। एमालेलगायतका दललाई बाहिर राखेर गरिने संशोधनले समस्याको निकास नदिने उनको भनाइ थियो।

फरक प्रसंगमा नेता गुरुङ लोकमानलाई सर्वोच्चले पदमुक्त गरेपनि यसलाई यतिकैमा हाईसञ्चो मानेर बस्न नहुने भन्दै लोकमानलाई संसदबाटै महाभियोग लगाउनुपर्ने बताए।  सोमबार रिपोर्टस् क्बलले आयोजना गरेको साक्षात्कारमा गुरुङले लोकमानले अक्षम्य कार्य गरेको भन्दै उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्ने बताए।

 

प्रकाशित: २५ पुस २०७३ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App