६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

युवा पनि कोरोना भाइरसको जोखिममा : डब्लूएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवा वर्ग पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ। युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरस मुक्त नरहेको भन्दै मानिससँग भेटघाट नगर्न, जेष्ठ नागरिक र बालबालिकासँग घुलमिल नहुन भनेको छ।

डब्लूएचओका महानिर्देशक टेडरोस एडहानोम गिबरियेसोसले भनेका छन्, 'युवाहरुको चयन कसैको लागि जीवन र मृत्युको कारक हुनसक्छ।' उनले युवाहरुलाई कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी राख्न भनेका छन्।

धेरै देशमा युवाहरुले स्वास्थ्य चेतावनीलाई अटेरी गरेका समाचार आइरहेको समय डब्लूएचओ माहानिर्देशकको चेतावनी आएको हो।

डब्लूएचओ मुख्यालयमा अनलाईन प्रेस कन्फ्रेन्स गर्दै उनले भने, 'वृद्ध नागरिकमा यसको बढी प्रभाव छ। तर युवा पनि यसबाट बचेका छैनन्।'

'युवाहरु अजेय छैनन्। यो भाइरसले तपाईहरुलाई एक हप्तामै अस्पताल पुर्याउन सक्छ। या मार्न पनि सक्छ। यदि तपाईहरु विरामी नै हुनु भएन भने पनि कसैको लागि जिन्दगी र मृत्युको कारक बन्न सक्नुहुन्छ।'

कोरोना भाइरसबाट सबै उमेर समूहका मानिस संक्रमित हुने अनुसन्धानले देखाइसकेको छ। तर वृद्ध र अन्य रोगसँग लडिरहेकाहरुका लागि भने यो बढी खतरनाक छ।

प्रकाशित: ८ चैत्र २०७६ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App