coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

नयाँ दिल्ली– भारतले चीनको आक्रमक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।

यो विषयमा भारत र भियतनामबीच छलफल भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। भियतनामले भारतले बेच्ने आकाश नामक मिसाइल किन्न रुची देखाएको छ।
संचारमाध्यमले भारतको योजना एसिया प्यासेफिक क्षेत्रमा चीनको आक्रामक उपस्थितिलाई रोक्ने रहेको जनाएका छन। यसअघि भारतले भियतनामलाई यसअघि ब्रम्होस सुपरसोनिक क्रुज मिसाइल तथा स्वदेशी पनडुब्बी रोधी टारपीडो वरुणास्त्र  बेच्ने सम्झौता भएको थियो। भारतले यो वर्ष भियतनामी फाइटर चालकलाई सुखोई–३० फाइटर जेटमा तालिम दिने भएको छ।

भारतीय रक्षा मन्त्री मनोहर पार्रिकरले भियतनामलाई भारतको नजिकको साथी भएको बताएका थिए। उनले दुई देशबीच सैन्य तथा सुरक्षा सम्बन्ध बढाउन आवश्यक सबै सबै कदम चाल्ने बताएका थिए। भारतले २००७ मा भियतनामसँग रणनीतिक साझेदारीको सुरुवात गरेको थियो। गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीको हनोई यात्राका क्रममा व्यापक रणनीतिक साझेदारीमा परिवर्तन गर्ने सहमति भएको थियो।

प्रकाशित: २५ पुस २०७३ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App