coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जोखिममा 'रिपोर्टिङ' गर्ने पत्रकारलाई विशेष स्वास्थ्य उपकरण दिन 'प्रेस सेन्टर'को माग

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकट न्यूनिकरणका लागि पत्रकारलाई विशेष स्वास्थ्य उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

कोरोनाभाइरसको माहामारीले भित्र्याएको संकट न्यूनिकरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकोले समाचार संकलनका लागि फिल्डमा निस्कने पत्रकारहरुको स्वास्थ्य सुरक्षाका विशेष ध्यान दिन सेन्टरले माग गरेको छ।

‘फिल्डमा काम गर्ने पत्रकारलाई अनिवार्यरुपमा मास्क, भाइरस नाश गर्ने औषधिलगायतको सहज उपयोगको व्यवस्था गर्नुपर्छ।’ सेन्टरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रिपोटिङ्गमा खटिएका पत्रकारहरुको उपचारको लागि विशेष कोषको प्रबन्ध गरिनुपर्दछ।’

सेन्टरका अध्यक्ष लोकराज जैसीद्वारा जारी विज्ञप्तिमा नेपालमा पनि संक्रमणको उच्च जोखिम रहेको भन्दै विशेष सावधानी अपनाउन समेत माग गरिएको छ। राज्य र आम नागरिक समेतको पहलमा कोरोनाको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सकिने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।

संकटको अवस्थामा आवश्यकताका वस्तुको बजारमा कृतिम अभाव हुन सक्ने, कालाबजारी, महंगी बढ्न सक्नेप्रति संकेत गर्दै उनले राज्यलाई त्यसतर्फ सचेत समेत गराएका छन्। संकटपूर्ण अवस्थामा समेत सत्य जानकारी दिनको लागि दिनरात समाचारमा खट्ने पत्रकारहरुको लागि विशेष स्वास्थ्य उपकरणको व्यवस्था गर्न सरकारसँग माग माग गरिएको उनले बताए। कोरोनाबारे सचेतना जगाउन प्रेस सेन्टरले विभिन्न जनचेतनामुलक कार्यक्रम पनि गरिरहेको अध्यक्ष जोशीकाे भनाइ छ।

प्रकाशित: ८ चैत्र २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App