५ वैशाख २०८१ बुधबार
अर्थ

५.४९ प्रतिशत ब्याजदरमा टाटा टियागो

काठमाडौं- नेपालका लागि टाटा मोटरस्का अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले जाडोको मौसममा ग्राहकका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ।

बिक्री, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबैभन्दा ठूलो सञ्जाल रहेको सिप्रदी ट्रेडिङका अनुसार मानिसहरुको गाडी किन्ने रहर भए पनि एकमुष्ठ पैसा तिर्न गाह्रो हुने भएकाले यस अफरलाई नेपाली ग्राहकमाझ ल्याउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

टाटा टियागोको खरिदमा ग्राहकले सजह फाइनान्सको सुविधाका साथै आकर्षक छुट र २५ हजार रुपैयाँ बराबरको फ्रि–एक्सेसरिज पनि प्राप्त गर्नेछन्। एभेरष्ट बैंकको साझेदारीमा सिप्रदी ट्रेडिङले ल्याएको अफरमा ग्राहकले ५.४९ प्रतिशतको न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सर्भिस चार्ज तिर्नुपर्ने छैन। यो अफर सिमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित: २५ पुस २०७३ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App