बौद्ध दर्शन

बौद्धमा जातीय विभेदको कालो धब्बा

शनिबार, ०८ चैत २०७६, १० : २१ वसन्त महर्जन

विभिन्न आयामबाट हेर्ने–बुझ्ने क्रममा गौतम बुद्ध (इपू ५६३–४८३)को प्रशंसा र निन्दा गरिएको पाइन्छ। उनी  जाति व्यवस्था तथा जातीय विभेदविरुद्ध  खरो रूपमा उत्रेका थिए, जुन अभियान सामाजिक मूल्य मान्यताविरुद्धको एक विद्रोह होे। यसकारण, यथास्थितिवादी बुद्धविरुद्ध गोलबद्ध भए भने परिवर्तनकारी प्रशंसक र अनुयायी बने। कतिपय सन्दर्भमा जातीय विभेदविरुद्ध बुद्धको अभियानलाई नै बौद्ध धर्मदर्शन भन्ने बुझाइ छ, तर यो बुद्धका अनेकौं पक्षमध्ये एक हो। यसर्थ, बौद्ध समाजमा जातीय विभेद हुँदैन भन्ने सामान्य बुझाइ हुनु गल्ती होइन।

काठमाडौंको परम्परागत बौद्ध समाज अर्थात् बज्रयानी बौद्ध दर्शनको अभ्यास गर्ने नेवार समुदायमा शाक्य र बज्राचार्यलाई उच्च स्थान दिइएको छ। बज्राचार्यको तात्विक अर्थ बज्राभिषेक लिएका आचार्य र जजमानी गर्न योग्य भन्ने हो। चूडाकर्म गरेर बज्राभिषेक नलिएकाहरू शाक्य हुन्, यिनले पूजाविधिमा संलग्न हुने हैसियत राख्छन्। बज्राभिषेक लिएर शाक्यबाट बज्राचार्य वा बज्राभिषेक नलिई चूडाकर्म गरेरै बज्राचार्यबाट शाक्य भएका घटना पाइन्छन्। शाक्य र बज्राचार्य मूलतः पद हो, तर व्यवहारमा थरका रूपमा विकसित हुँदै छ। उपासक उपासिकाका रूपमा रहेका जजमानले शाक्य र बज्राचार्यलाई सम्बोधन गर्ने विशिष्ट शब्द ‘गुर्जु’ हो, तर गुर्जुहरूबीच कायम विभेदको खाडलले अनेक कटुता सिर्जना गरेका छन्।

गैरबौद्ध समुदायको जातीय अवधारणाले शाक्य–बज्राचार्य समाजलाई नराम्रोसँग गाँजेको छ। सिद्धान्ततः सजातीय विवाह वा अन्तर्जातीय विवाह बौद्ध समुदायका लागि अर्थहीन र अनावश्यक विषय हुनुपर्ने हो, तर यही विषयमा बढी संवेदनशील र सचेत भई सामान्य बौद्ध सिद्धान्तबाट विचलित भइरहेको छ, बौद्ध समुदाय। अन्तर्जातीय विवाहबाट जन्मेको सन्तानलाई कुनै बेला चूडाकर्म गराइँदैनथ्यो। हाल चूडाकर्ममा सहभागी गराइन्छ, तर संघमा प्रवेश गराइँदैन। कतिपय अवस्थामा अन्तर्जातीय विवाह गर्ने पुरुषलाई संघको सम्पूर्ण धार्मिक अधिकारबाट वञ्चित गरिन्छ। सार्वजनिक बौद्ध विहारका रूपमा रहेका काठमाडौं उपत्यकाका ‘बहाः’ र ‘बही’हरूमा मूलतः शाक्य र बज्राचार्य  रहन्छन्। बदलिँदो परिवेशमा ‘क्वाःपाःद्यः’ भनिने मुख्य देवस्थलबाहेक अन्य अवयव निजीकरण भइसकेकाले संघबाट बहिष्कृत भए पनि व्यक्तिलाई सम्पत्तिबाट बेदखल गर्न सकिँदैन। केही वर्षअघि काठमाडौंको एउटा ‘बहाः’मा आगलागी भयो, जसले यो देख्यो, उसले केही गरेनन्। तर, ठुलै नोक्सान हुनुअघि नै आगो निभाइयो।

तिब्बतमा बौद्ध धर्म विस्तार भयो, त्यहाँ जातिवाद पाइँदैन। तर, बुद्धले अत्यधिक प्रशंसा पाएको जातीय विभेदविरुद्धको अभियानलाई निस्तेज पार्ने गरी काठमाडौंको परम्परागत बौद्ध समाजले जातिवादलाई किन आत्मसात् गर्‍यो ?
 

उसले आफूले सबैभन्दा पहिले आगो सल्किएको देखेको सुनायो। अरूले उसलाई किन ननिभाएको भनेर प्रश्न गरे।  उसको जवाफ थियो,  ‘अन्तर्जातीय विवाह गरेकाले  छोइछिटो  गर्नुपर्ने गरी बहिष्कृत भइसकेको मान्छेले आगो निभाउँदा  गाली खानुपर्ने डरले आगो ननिभाएको हुँ।’ व्यक्तिको असामाजिक तथा गैरकानुनी प्रवृत्ति  हो, यो।  जातीय अवधारणा तथा विभेदजन्य मान्यताप्रति ठूलो प्रश्न पनि हो। घटनाले ठूलो रूप लिएको र धनजनको क्षति भए के हुन्थ्यो ?  तर, जातीय विभेदकै कारण सम्पूर्ण कुराबाट वञ्चित गराइँदा त्यहाँ अपनत्वको भावना कम हुन्छ, यस विषयमा मनन गर्नुपर्छ। गौतम बुद्धकै जीवनकालमा कपिलवस्तुमाथि कोशल नरेश विडुडभले गरेको आक्रमण यहाँ स्मरणीय छ।

गौतम बुद्ध शाक्य कुलका थिए। कोशल देशका राजा प्रसेनजित बुद्धबाट प्रभावित थिए  र उनीप्रति श्रद्धा राख्थे।  उनमा कुनै शाक्य कन्यासँग विवाह गर्ने र ऊबाट जन्मेको छोरालाई उत्तराधिकारी बनाउने सोच आएछ। सोहीअनुसार कपिलवस्तुका शाक्यसँग एक शाक्य कन्या माग्दा जातीय अभिमानले गर्दा छोरी दिन सकेनन्, तर कोशल राज्यबाट कोपभाजन हुनुपर्ने डरले शाक्य भनी एक अन्य जातकी दासी पुत्रीलाई शाक्य कन्या भनी पठाए। यो कुरा गोप्य  थियो। तिनीहरूबाट एक पुत्रको जन्म भयो, जसको नाम विडुडभ  राखियो। राजकुमार विडुडभ मामाघर (कपिलवस्तु) आउँदा उनीभन्दा जेठा मात्रै हुन्थे र उनले सबैलाई ढोग्नुपथ्र्यो। उनलाई ढोग्ने उमेरका घरमा कोही हुँदैनथे, जुन आश्चर्यलाग्दो विषय थियो। विडुडभ मामाघरबाट फर्केपछि सम्पूर्ण कुरामा पानी छर्केर शुद्ध पारिन्थ्यो।

एक दिन यसको पोल खुल्यो। उनले अपमानित भएको महसुस गर्दै आक्रोशमा सम्पूर्ण शाक्यप्रति द्वेषभाव राखे। यही द्वेषभावमा आफू राजगद्दीमा बसेपछि कपिलवस्तुमाथि आक्रमण गर्ने विचार गरे। आक्रमणका लागि सैनिक लिएर उनी कपिलवस्तुतर्फ लागेको खबर पाएर गौतम बुद्ध त्यतातर्फ नै लागे र सैनिकलाई  बीच बाटोबाटै फर्काइदिए। दोस्रो र तेस्रो पटकको अभियानलाई पनि त्यसरी नै फर्काइदिए। विडुडभले कपिलवस्तुमाथि आक्रमणको प्रयास गरिरहनुको वास्तविक कारण शाक्यको कर्मविपाक रहेछ। कर्मसिद्धान्तअनुसार कर्मविपाकलाई कुनै पनि हालतमा छल्न सकिँदैन। चौथो पटकको सैन्य अभियानका बेला बुद्ध अगाडि सरेनन्, कपिलवस्तुमा शाक्यको नरसंहार भयो। जातीय अभिमान वा रक्त शुद्धताको विषयलाई सामान्यतः वैदिक मान्यताका रूपमा बुझ्ने गरिन्छ। बुद्धभन्दा अघिको समाज वैदिक मूल्य–मान्यतामा आधारित थियो। तत्कालीन समाज  ब्राह्मण र श्रमण गरी दुई परम्पराबाट सञ्चालित हुन्थ्यो। गौतम बुद्धले घरबार छाडेर गरेको महाअभिनिष्क्रमण श्रमण परम्पराअनुसार थियो।

उनको पारिवारिक पृष्ठभूमि श्रमण परम्परामा आधारित थियो। त्यतिबेला यी दुई परम्पराबीच द्वन्द्व थियो। यसो हुँदा हुँदै पनि कतिपय विषयमा ब्राह्मण परम्पराको प्रभाव थियो। ब्राह्मणले रक्त शुद्धतालाई महŒव दिने र जातीय अभिमानमा रमाउने प्रवृत्तिको  शाक्यले सिको गरेका थिए। शाक्यको यो मनोदशा बौद्ध वाङ्मयमा उल्लेख छ। शाक्यको यही अभिमानलाई दमन गर्न  बुद्धले शाक्य कुलपुत्रभन्दा अघि उपाली नाउँका एक नाईलाई पहिला प्रव्रज्या दिएको घटना यहाँ स्मरणीय छ। बौद्ध संघमा जन्मेको उमेर वा कुलअनुसार नभई प्रव्रज्या लिएको समयका आधारमा मान मर्यादा हुने गर्छ। सोहीअनुसार ज्येष्ठताको निर्धारण गरिन्छ। उपालीलाई पहिला प्रव्रज्या दिई भिक्षु बनाउनुको अर्थ हो, उनीपछि भिक्षु बनेकाले उनलाई वन्दना गर्नुपरोस्। यसअनुसार गृहस्थ जीवनमा उपालीको मालिक भइरहेका शाक्यको जातीय अभिमान तोड्न तल्लो जाति भनिएका उपालीलाई ती शाक्यले वन्दना गर्नुपर्‍यो।

बौद्ध धर्मको तीव्र गतिमा विस्तार हुनुको पछाडि  जातीय विभेद  एउटा कारण हो। जातिवादको अनौचित्यता बोध भएपछि स्वयं ब्राह्मण यसतर्फ आकर्षित भएका थिए भने अर्कातिर तत्कालीन समाजमा तल्ला जाति भनेर अपहेलित गरिएकालाई बुद्धले भिक्षु बन्ने तथा बौद्ध दर्शनको अभ्यास गर्ने अवसर दिए। तर, बुद्धले अत्यधिक प्रशंसा पाएको यही जातीय विभेदविरुद्धको अभियानलाई निस्तेज पार्ने गरी काठमाडौंको परम्परागत बौद्ध समाजले यसलाई किन कायम राख्यो ?  तिब्बतमा बौद्ध धर्म विस्तार भयो, त्यहाँ जातिवाद पाइँदैन। ब्राह्मणले आफ्नो वर्गको वर्चस्व कायम राख्न जातिवादी अवधारण ल्याएजस्तै काठमाडौंमा शाक्य–बज्राचार्यले बौद्ध धर्ममा जातिवाद भित्र्याएको बुझ्न गाह्रो छैन। पुरोहित वर्ग नै जातिवादले ग्रस्त रहेको समाजमा जातिवाद देखिनु नौलो विषय होइन। 

रिज डेविड्सलगायत पाश्चात्य अध्येताले काठमाडौंको बौद्ध अभ्यासलाई ‘करप्टेड बुद्धिज्म’का रूपमा उल्लेख गर्नुको अन्तर्य यही हो। यही समाजमा थेरवाद बौद्ध धर्मको प्रसार २०औं शताब्दीमा भयो र जातिवादको कालो धब्बा यहाँ पनि देखियो। यो कालो धब्बाकै कारण थेरवाद बौद्ध धर्म एक निश्चित वर्गमा सीमित छ। फलानो भिक्षु फलानो जातको हो भन्ने अवधारणा बौद्ध मूल्य र मान्यताअनुरूप छैन। काठमाडौं उपत्यकामा बुद्धको जीवनकालदेखि नै बौद्ध धर्मको अभ्यास हुँदै अटुट रूपमा कायम छ भनेर आत्मप्रशंसा गरिए पनि त्यो गौरवमय इतिहासमा जातिवादको कालो धब्बा लागेको छ। जातिवाद र बुद्धवाद एकै ठाउँमा नरहने विषयलाई मनन गर्नुपर्छ।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad