खप्तडको फन्को

शनिबार, ०८ चैत २०७६, ०९ : १६ विमल खनाल

काठमाडौंबाट निस्केको दोस्रो साँझ हामीले खप्तडमा पाइला टेक्यौं। हाम्रो टोलीमा कटक रावल, महेन्द्र खनाल, द्वारिकाप्रसाद भट्टराई, ताराबहादुर सिटौला, भेषराज न्यौपाने र म थियौं। धनगढीसम्म हवाईयात्रा गरेपछि हामी पहिलो दिन एउटा स्कारपियोमा बझाङको तमैल पुगेका थियौं।

विसं २०७६ वैशाखको साँझपख घोडा दाउने पाटन पुग्नेबित्तिकै हावाहुरी सहित पानी प¥यो। जाडोले मुटु नै थरथरी काँप्न थाल्यो। खप्तड प्रवेश गर्दा निकै रमाउनुपर्नेमा कहाँ हो कहाँ ज्यान जोगाउनै मुश्किल प¥यो। त्यहाँबाट अगाडि बढ्दै गर्दा हावाहुरीसँगै आएको पानी, ढुङ्गा छापेको बाटोमा हिँड्दाको अनुभूति निकै रोचक थियो। एकातिर कहाँ पुगिन्छ, कतिबेला पुगिन्छ भन्ने चिन्ता थियो भने अर्कोतिर जंगली जनावरको डरसँगै जाडो पनि।

ठूलो पाटन, पारी पट्टि नेपाली सेनाको व्यारेक, माथि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय, वारीपट्टि खप्तडबाबा होटल एण्ड शान्ति लज, सिमसिमे पानीमा तलतिरबाट घाँडो बजाउँदै हिँडेका खच्चडको बथान, अहा ! लोकबहादुर रावलले सञ्चालन गरेको लज वरिपरि काठले घेरिएको सबै प्वाल हिलोले टालिएको माथि खरले छाएको, भित्र अन्धकार कुनामा चुलो बनाई आगो बालिएको, काठका खम्बा गाडी फल्याक ठोकेर बस्ने ठाउँ बनाइएको। यस प्रकारको विशेष लजमा रात वितायौं हामीले। रातभर पनि पानी दर्किरह्यो। आकाशको गर्जनले जमिन र घर थर्किरहे।

उडीसैनको त्यो ठुट्नाको अचार, काँचो दूध जमाएर बनाएको दही अनि कोदाको रोटी ! कति खाइयो कति !

यात्राको तेस्रो बिहान आकाश ठिकै थियो, त्यसैले हामी बिहानैदेखि खप्तडमा रहेको सुन्दरतामा विचरण गर्न थाल्यौं। जहाँ पाटन छ त्यहाँ बोटबिरूवा छैन जहाँ बोटबिरूवा छन् त्यहाँ पाटन छैन। साना साना थुम्को भएको, कतै घना जंगल, कतै जंगल भित्र र बाहिर खाली चौर, व्यवस्थित ढंगबाट सजाइएका बगैँचा जस्ता लाग्ने पाटन (चउर)हरू यहाँ २२ वटा रहेछन्। दुई सय छब्बिस जातका चरा र २२ जातिका वन्यजन्तु पाइने ठाउँ खप्तडमा बँदेलले खोस्रिएका माटोका डोबबाहेक अरू देख्ने सौभाग्य हामीलाई मिलेन। चिमाल (लालीगुँरास) को बीचमा मुस्कुराइरहेको खप्तडको सुकी दह कञ्चन, स्वच्छ, सफा अनि स्निग्ध थियो !

दिउँसोको खानापछि हामी खप्तड बाबा आश्रम दर्शन गर्न पुग्यौं। विसं १९३७ मा काश्मिरमा जन्मिएका खप्तड बाबा नेपाल आउने बेला मेडिकल डाक्टर रहेछन्। बाबाका महत्वपूर्ण पुस्तक प्रकाशित छन्। खप्तडमा आधा शताब्दी बिताएका बाबाले जडीबुटीबाट औषधिमुलो गरी धेरै बिरामी निको पारेका रहेछन्। विसं २०५३ मा  काठमाडौंको बुढानिलकण्ठमा ११६ वर्षको उमेरमा उहाँको निधन भएको रहेछ।

आश्रमलाई फन्को मार्दै जंगल बीचबाट केही ओरालो झरी बाबाले पानी खाने पँधेरो हुँदै हामी डोटी, अछाम र बझाङको संगमस्थल त्रिवेणी पुग्यौँ। माथिपट्टि ठूल्ठूला ढुंगाबाट झरेको केदारधारा अलिक तलपट्टि पाटनलाई चिरेर कलकल बगेका ससाना खोला मिलेर बनेको त्रिवेणी, किनारमा मन्दिर वास्तवमै स्वर्गको एउटा टुक्रा लाग्ने प्रकृतिको अनुपम उपहार रहेछ। जहाँ गंगा दशहरा मेला लाग्छ।

कहिले हरिया पाटन त कहिले चिमाल फुल्ने लेक, ठूल्ठूला हिउँले खाएर लेउ लाएका रूखका बीच हुँदै करीब एक घण्टाको हिंडाइपछि खप्तडको अर्को महत्वपूर्ण ठाउँ सहस्रलिङ्ग पुग्यौं। ठूल–ठूला ढुङ्गामाथि रहेको देवताको थान, राता र सेता धजा तथा घण्टीले भरिएको थियो। त्रिशूलसंगै रहेको शंखलाई समाएर एक पटक मीठो स्वरमा बजाएको मात्रै क थिएँ साथीहरू मन्त्रमुग्ध भए।

मौसमको प्रतिकूलता रहेको र रमणीय स्थल पनि घुमेर सकिएको हुँदा हामीलाई त्यहाँ बसिरहनुभन्दा बाटो लाग्नु ठीक लाग्यो। त्यसैले हामी गणेश पाटन हुँदै अछामको साफें बगर रात्रिबास गर्ने गरी सोझियौं। हामीले तय गरेको बाटो अप्ठेरो र आवजावत कम हुने खालको थियो तर हिम्मत हारेनौं। हिम्मत गरेर मात्र के गर्नु बाटो नै छैन। तैपनि ओर्लियौं पहाडको टुप्पोबाट रूख समाउँदै। लडियो भन्ने कहाँ पुगिन्छ थाहा छैन।

द्वारिका सरले पहिल्यै व्यवस्था गर्नुभएको थियो एक जना गाइड जो पहिल्यै आएर जगंलमाथि हामीलाई कुरेर बसिरहेका थिए। उनैको सहारामा ओर्लिन शुरू ग¥र्यौैं उनले पत्कर, बोटबिरूवा पन्छाउँदै बाटो बनाए। हामीले उनलाई पछायौं। जङ्गल बीचमा भोकले आकुलव्याकुल भइयो जसले गर्दा झोलाको चिउरा र दालमोठको पोको फुकायौँ। यसै गर्दागर्दै बिनी खोलाभन्दा माथि पुगिएछ। जहाँ जनताले मान्छे उक्लिन सहज पुग्ने बाटो खन्दै थिए। केहीबेर उनीहरूसँग भलाकुसारी ग¥यौँ। यसरी विकासको काममा एकजुट भएर लागेको देखेपछि हामीले बाटो नभएर पाएको दुःख अरुले व्योहोर्न नपर्ने भयो भनी उनीहरूलाई धन्यवाद दियौं।

यसरी उत्साहित नागरिकले हाम्रो स्वागतका लागि त्यसैबीचबाट एक महिलालाई आफ्नो घरमा पठाई खाजा पानी व्यवस्था गर्न लगाए। उडीसैनको त्यो ठुट्नाको अचार, काँचो दूध जमाएर बनाएको दही अनि कोदाको रोटी ! कति खाइयो कति।  अनि लागियो साँफे बगरतिर। करीब दुई घण्टा गाडीको यात्रा पछि झमक्क साँझमा पुगियो साँफे बगर। नेत्र सरको घरको बसाइ, बुढी गंगाको माछा, वियरको चुस्की रात रमाइलोसँगै बित्यो।

बुढीगंगाको स्नान संगै हाम्रो चौथो दिनको यात्रा प्रारम्भ भयो। हामीले प्रसिद्ध वैैद्यनाथ धाम पनि  दर्शन गरियो। अन्य कतै नभएको दुई मुखे शिवलिङग दर्शन गरी फर्किएर केही समय नगरपालिका कार्यालयमा बितायौै। बिहानैदेखि साँफे बगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरसँगको सामीप्य बढेको थियो। केही समय उहाँको कार्यकक्षमा खर्चिएपछि उहाँकै गाडीमा लाग्यौं बयलपाटा अस्पतालतर्फ। हाडजोर्नीका लागि महत्वपूर्ण अस्पताल नमुना बनेको रहेछ। ५० शैयाको अस्पताल ९० प्रतिशत माटो र १० प्रतिशत सिमेन्ट मिसाएर बनाइएको।

अस्पतालमा निःशुल्क सेवा दिइन्छ। महिला स्वास्थ्य कार्यकर्ता पठाएर घरघरबाटै मोबाइलमा डाटा रेकर्ड गरी बिरामी आउँदा त्यसैबाट जाँच गर्ने प्रविधि मिलाइएको रहेछ। हस्पिटल अवलोकनपछि हामी पुग्यौं अछाम सदरमुकाम मंगलसेन जहाँ हाम्रो रात्रिबास थियो। युद्धकालमा ध्वस्त पारिएको मंगलसेन दरबार पुननिर्माण भैरहेको रहेछ।

पाँचौ दिन हामीले मध्य पहाडी लोकमार्गको बाटो तय ग¥यौं। मंगलसेनबाट ठूलासैन हुँदै पारिपट्टि कमल बजार वारिपट्टि पञ्चदेवलको मनमोहकतामा रम्न पुग्यौं। यक्ष मल्लको पालामा बनेको पञ्चदेवल ऐतिहासिक र सुन्दर थियो। यता हाम्रो यात्रा जारी थियो उता कर्णाली सुसाइरहेको थियो। कर्णालीले चिच्याईचिच्याई बोलाय,ो ‘छिटो आऊ मलाई भेट्न।’

हामी पनि हतारहतार गरी कर्णालीलाई भेट्न पुग्यौँ। कर्णालीको छातीमाथि तेस्र्याइएको फलाम र सिमेन्टको कंकडमा जब ओर्लियौँ हिमालतिरबाट कर्णालीसँगै बग्दै आएको चिसो वायु हामीलाई झापड लगाउँदै बाटो लाग्यो। हामी भने त्यहीँ लडीबुडी गर्दै फोटो कैद गर्न थाल्यौं।

कर्णालीलाई साक्षी राखी सुदूर पश्चिम प्रदेश र अछाम जिल्लालाई बिदाइका हात हल्लाउँदै कर्णाली प्रदेशको दैलेखमा खुट्टा लम्काउन पुगेका मात्र थियौँ, त्यति नै बेला राराकी अप्सरा रिसाएर हप्काउँदै भनिन् , ‘यहाँसम्म आएर मलाई भेट्न नआई बाटो काटेर गयौ। जाऊ राम्रोसँग जाऊ।’

रिसाउनु स्वभाविकै थियो किनकि उनको आँगनीमा पुगेर घरभित्र नपसी फर्कनु राम्रो होइन तर हाम्रो बाध्यता थियो। काठमाडौं पुगेछि छिट्टै फेरि फर्केर तिम्रा अन्य दाजुभाइहरूलाई समेत लिएर भेट्न आउनेछौं भनी रारालाई सम्झाईबुझाई गरी टुनीबगरतर्फ हुइँकियौं।

कर्णालीका माछा पाकेको बासना लिदैँ पालेतडा, पादुका बजार  हुँदै लोहोरी खोला पुगेर माछा र भात खायौं। गुँरासे हुँदै जब सुर्खेत पुगियोे त्यहाँ साथी विनोद पन्तले भव्य स्वागत गर्नुभयो। नजिकैको होमस्टेमा बट्टाईको मासुसंगै जलपान व्यवस्था गर्नुभयो जसलाई स्वीकार गरी बास बस्न नेपालगञ्ज पुग्यौं। यात्राको अन्तिम दिन अर्थात् छैटौं दिन हामी विमानबाट काठमाडौं उत्रियौं।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad