अमूर्त चित्रमा मानव मनोविज्ञान

शनिबार, ०८ चैत २०७६, ०९ : ०६ मञ्जु गाैतम

घरको सबैभन्दा माथिल्लो तलामा पुग्नेबित्तिकै भित्तामा झुन्डाइएका क्यानभासमा तरल पदार्थ सलल बगिरहेझैँ  लाग्छ। त्यहाँ  मानव मुुटु,   हरियो जंगल, नाचिरहेको मयूरको आकृति प्रस्टै देखिन्छ। ती आकृतिमा कालो, नीलो, रातो, हरियो लगायत  रंग समायोजन गरिएको छ, जुन निकै चित्ताकर्षक छन्। लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा चैत ५ देखि जारी रुमिना खनाल मैनालीको ‘फ्ल्युड’ शीर्षकको चौथो एकल कला प्रदर्शनीमा समेटिएका यस्ता चित्रकलाले नेपाली चित्रकलामा  नयाँपन ल्याएको आभास गराउँछ।

विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी मैनालीले दुई वर्षअघि नेपालमै फ्ल्युड आर्ट प्रदर्शनी गरेकी थिइन्। सन् २००६ मा नेपालमा ‘इम्प्रेसन आफ्टर पिकासो’ र सन् २०१३ मा ‘क्रिएसन’ शीर्षकको कला प्रदर्शनी गरेकी उनको फ्ल्युडसम्बन्धी यो दोस्रो प्रदर्शनी हो। ‘भाँडामा राखिएको तरल पदार्थमा विभिन्न  रंग घोलिन्छ र  यसलाई क्यानभासमा खन्याएर गरिने आर्ट नै फ्ल्युड आर्ट हो,’ मैनाली भन्छिन्। मैनालीले रमेश खनाल (पिता तथा वरिष्ठ चित्रकार) को छत्रछायामा बसेर बाल्यकालबाटै चित्र कोर्न सिकेकी हुन्। उनी अमूर्त चित्र मनोवैज्ञानिक चित्र भएको बताउँछिन्। उनी भन्छिन्, ‘अमूर्त कलाको कुनै  मूर्त रूप हुँदैन। यस्ता चित्रलाई  दर्शकले जस्तो रूपबाट हेर्छन्, त्यस्तै देख्छन्।’ उनले प्रदर्शनीमा २४ वटा चित्र समेटेकी छन्। गत वर्षको राष्ट्रिय चित्रकला प्रदर्शनीमा उनका फ्ल्युडसम्बन्धी दुई  चित्रहरु छानिएका थिए।

‘नेपालमा फ्ल्युड आर्ट बनाउने प्रचलन अझै भित्रिएको छैन, कहीँ कतै एक–दुई चित्रकारले बनाउने प्रयास गरेको देखिन्छ,’ मैनाली भन्छिन्, ‘फ्ल्युड आर्टलाई नै सिरिज मानेर प्रदर्शनी गरिएको यो नै पहिलोपटक होला। नेपालमा फ्ल्युड आर्ट  विकसित नभए पनि विदेशीमा यसको विकास र बजार राम्रो छ।’ ‘मानिसको मनमा जतिखेर जे पनि आउन सक्छ, मानिसको मनोविज्ञानलाई अर्मूत चित्रमार्फत मात्रै प्रस्तुत गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘कुनै कलाकारको मनभित्रको भावनालाई रंगको माध्यमबाट व्याख्या गर्नु नै अमूर्त कला हो।’ चित्रमा प्रयोग भएका रंगबाट चित्रकारले आफ्नो जीवनमा आएका खुसी, हर्ष, उमंग र निराशा प्रस्तुत गरेको देखिन्छ। प्रदर्शनी चैत २० गतेसम्म रहनेछ।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad