coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दुई दिन चितवनमा, उद्घाटनका चार कार्यक्रममा व्यस्त

चितवन–उद्घाटन शिलान्यास जस्ता रिबन काट्ने काममा व्यस्त नहुने बताउँदै आएका प्रधानमन्त्री पष्पकमल दाहाल सोमबार र भोलि मंगलबार चितवनका उद्घाटन सम्बन्धि चारवटा कार्यक्रममा व्यस्त हुने भएका छन्। प्रधानमन्त्री दाहालले सोमबार मध्यान्ह व्यवसायिको संस्था चितवन उद्योग वाणिज्य संघले नारायणगढमा आयोजना गरेको चितवन महोत्सव नामक व्यपारिक मेलाको उद्घाटन गर्ने कार्यक्रम छ।

चितवन महोत्सव अघि उनी पूर्वी चितवनको वीरेन्द्रनगर पुगेर राप्ती नगरपालिका– ९ मा रहेको वीरेन्द्र आदर्श उच्चमाविभित्र निर्माण भएको शहीद स्तम्भको अनावरण गर्ने छन् । त्यस्तै भोलि मंगलबार बिहान पश्चिम चितवनको मेघौलीमा साना सहरी तथा खानेपानी आयोजनाको उद्घाटन गर्ने छन्। काठमाडौं फर्कनुअघि उनी थप अर्को कार्यक्रममा पनि सरिक हुने छन् ।

प्रभानमन्त्री दाहालले भरतपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन गरेर मात्रै बुधबार काठमाडौं लाग्ने कार्यक्रम छ । संसदमा संविधान संसोधन प्रस्ताव र स्थानीय निर्वाचन सम्बन्धि विधेयकहरु छलफलको सूचिमा रहेको र राजनैतिक गतिरोध सहजता तर्फ लाग्न नसकेको अवस्थामा प्रधानमन्त्री दाहाल उनको गृहजिल्ला पनि भनिदै आएको चितवनमा दुई दिन उद्घाटन र अनावरणमा बिताउँदै छन् ।
    
 

प्रकाशित: २५ पुस २०७३ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App