coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ट्राफिककाे काेराेना लक्षित विशेष सेवा

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)संंक्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू दिन थालेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि शुक्रबारदेखि कार्यालयको मूल गेटमा साबुनपानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालय प्रवेश गराउने व्यवस्था गरिएको बताए।

प्रवक्ता श्रेष्ठले भने, ‘ट्राफिक महाशाखाको मूल गेटअगाडि बाल्टिनमा पानी र साबुन राखेका छौं। कार्यालयमा प्रहरी र सेवाग्राहीलाई साबुनपानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं।’ महाशाखा मातहतका ट्राफिक कार्यालयमा पनि शुक्रबार बिहानैदेखि साबुनपानीले हात धुने व्यवस्था मिलाउन निर्देशन दिइएको महाशाखाले जनाएको छ। ‘सवारीसाधनमा हुने भीडभाड कम गराउन प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाइएको छ,’ उनले भने, ‘यस  टोलीले सिट क्षमताअनुसार यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैं मास्क लगाएर यात्रा गर्न र भीडभाड नगर्न विशेष अनुरोध गरेको छ।’

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाका ८६ स्थानमा दुई सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको  महाशाखा प्रमुख ढकालले बताए। सेवाअन्तर्गत नै महाशाखाले   भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउने थालेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। श्रेष्ठका अनुसार यात्रु तथा सडक प्रयोगकर्तालाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन  विशेष अभियानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। उनले  नागरिक पनि त्यत्तिकै सचेत हुन जरुरी रहेको बताए।

ट्राफिक महाशाखाले दैनिक रूपमा हुँदै आएको मापसेलगायत चेकजाँच  नगरिए पनि  चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक गर्ने व्यवस्था मिलाइएको जनाएको छ। महाशाखाले सम्पूर्ण सवारी चालकलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउन अनुरोध गरेको छ। त्यस्तै, सार्वजनिक सवारीसाधनलाई कोभिड–१९ भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरे–नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको अनुगमन  तीव्र पारेको  श्रेष्ठको भनाइ छ।

सचेतना कक्षा बन्द
ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, सवारी दुर्घटना गराएर भाग्ने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ। ‘ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रहरु नियमअनुसारको जरिमाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ,’ महाशाखा प्रमुख ढकालले भने, ‘अत्यावश्यक अवस्थामा मात्र सावधानीपूर्वक मापेस चेकिङ गर्ने व्यवस्था मिलाएका छौं।’

प्रकाशित: ८ चैत्र २०७६ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App