coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विप्लवका रौतहट इन्चार्जसहित दुई पक्राउ

रौतहट - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट र्ईन्चार्जसहित दुइृ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिवार बिहानै दुई जनालाई विभिन्न दस्तावेज र हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरेको जनाएको छ।

इप्रका चन्द्रनिगाहपुरका इन्चार्ज डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले चन्द्रपुर नपा ३ महादेव डाँडाको अल्लाजोर भन्ने ठाउँबाट जिल्ला इन्चार्ज संकेत भनिने कुमार राई तथा जिल्ला सदस्य जगत भनिने कमल गुरुङलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनाबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल, त्यसमा लाग्ने गोली दुईवटा, एक थान ग्रिनेट बम, सात थान मोबाइल र विभिन्न दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ।

यसैबीच भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले भैसी र राँगा बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा शनिवार बिहान करिब चार बजे आठवटा भैँसी र एघार वटा राँगा रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि तस्कर फरार भएको र पक्राउ परेको भैँसी तथा राँगालाई कानुन बमोजिमको प्रक्रियामा लैजाने तयारी भइरहेको रौतहट प्रहरी प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन्।

प्रकाशित: ८ चैत्र २०७६ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App