६ वैशाख २०८१ बिहीबार
समाज

केन्द्रको निर्देशन अवज्ञा

चितवनको भरतपुरमा शुक्रबार कोरोना विशेष अस्थायी अस्पतालको गेटअगाडि सामूहिक तस्बिर खिचाउँदै। तस्बिर ः सूर्यप्रकाश/नागरिक

चितवन - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न केन्द्र सरकारको निर्देशन स्थानीय सरकारबाट अवज्ञा भएको छ। चितवनको भरतपुरमा कोरोना भाइरसबाट संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालको उद्घाटनका क्रममा आवश्यकताभन्दा बढी भिडभाड गरी भरतपुर महानगरपालिकाले केन्द्र सरकारको निर्देशन अवज्ञा गरेको हो।

सरकारले केही दिनअघि २५ जनाभन्दा बढी व्यक्ति जमघट हुने कार्यक्रम आयोजना नगर्नू भनी निर्देशन दिएको थियो। सरकारले फिल्म हल, नाइट–क्लब, जिमखाना, दोहोरी साँझ बन्द गराइसकेको छ। मानिसहरूको जमघट हुने कार्यक्रम, मेला, महोत्सवमाथि प्रतिबन्ध लगाइएको छ। तर शुक्रबार बिहान भरतपुर महानगरपालिका–१० स्थित कोरोना अस्थायी अस्पताल परिसरमा आयोजित अस्पताल उद्घाटन समारोहमा २५ जनाभन्दा बढी उपस्थित थिए।

भरतपुर महानगरको अगुवाइमा भएको अस्थायी अस्पताल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि थिए, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल। कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्यवाग्मती प्रदेशका मन्त्री र सांसदहरू साक्षी बन्न पुगे।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नान्ती गुरुङ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर महानगर उपप्रमुख पार्वती शाहलगायतको उपस्थिति थियो। अस्पताल उद्घाटन कार्यक्रममा सरोकारवालासहित सयभन्दा बढी व्यक्ति सहभागी थिए।
७२ घण्टामा ५० शड्ढया

भरतपुर महानगरपालिकाले मंगलबार बिहान सरोकारवालाबीच छलफल कार्यक्रम आयोजना गरी ७२ घण्टाभित्र ७० शड्ढयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको थियो। घोषणा गरिएको ७० शड्ढयामध्ये १० शड्ढयाको आइसियू र १० शड्ढयाकै एचडियू निर्माण कार्य बाँकी छ। ५० शड्ढयाको जनरल वार्ड शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ।

अस्थायी अस्पताललाई आवश्यक शड्ढया र उपकरण भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल र चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट जुटाइएको महानगरप्रमुख रेनु दाहालले जानकारी दिइन्। अस्थायी अस्पताल सञ्चालनको सम्पूर्ण जिम्मेवारी भरतपुर महानगरले लिने उनको भनाइ छ।

संघीय सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत थप भत्ताको व्यवस्था गरेको बताउँदै दाहालले त्यसमा भरतपुर महानगरले २५ प्रतिशत थप गरी भत्तालाई शतप्रतिशत बनाइने जानकारी दिइन्। कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राख्दै भरतपुर महानगरपालिकाले चिकित्सा क्षेत्र, निजी क्षेत्रलगायत समन्वयमा अस्थायी अस्पताल निर्माण गरेको हो। भरतपुर महानगरपालिका–१० स्थित चितवन एक्स्पो सेन्टरको खाली भवनलाई अस्पतालमा रूपान्तर गरिएको छ।

मेयर दाहालको प्रशंसा

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री दुलालले ७२ घण्टामा अस्पताल तयार पार्न सक्नु ठूलो कुरा भएको बताउँदै मेयर दाहालको प्रशंसा गरे। उनले वाग्मती सरकारले प्रदेशभरि तीन सय शड्ढया आइसियूसहित हजार शड्ढयाको आइसोलेसन तयार पारेको जानकारी दिए।

प्रदेश मन्त्री दुलालले अस्पतालका लागि आवश्यक केही सामग्री मेयर दाहाललाई हस्तान्तरण गरेका छन्। उनले चिकित्सकहरूले उपचारमा लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेका हुन्। पिपिईमा चिकित्सकले लगाउने विशेष पोशाक र मास्क छन्।

उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरका स्वास्थ्यविज्ञ फिजिसियन डाक्टर भोजराज अधिकारीले स्थानीय सरकारको बलियो उपस्थितिका कारण अस्थायी अस्पताल निर्माण कार्य सफल भएको दाबी गरे। नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले चिकित्सकहरू डराएको अवस्था नरहेको तर राज्यको उपस्थिति अझ बलियो हुनुपर्ने बताए।

प्रकाशित: ८ चैत्र २०७६ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App