coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोरोनाको अनुभव आदानप्रदान गर्न नेपाल र चीनबीच भिडियो कन्फरेन्स

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ।

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता रहेको थियो। कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो। भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए।

कोरोनाको उद्गमस्थल चीनसँगे उसले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: ७ चैत्र २०७६ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App