coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रहरी गणमा बाहिर निस्कन बन्देज

कर्णाली प्रदेश प्रहरी गणको गेटमा बनाइएको धारामा हात धुदै प्रहरीहरु । तस्बिर : गोविन्द/नागरिक

सुर्खेत– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। प्रहरी गणमा रहेका प्रहरीहरु बाहिर निस्कन बन्देज गरिएको हो। उनीहरुले भित्रै तालिमदेखि अन्य कार्यालयका कामहरु गर्ने गरेका छन्।

गणले तालिममा रहेका १ सय ९० जना र गणमा कार्यरत अन्य प्रहरीहरु बाहिर ननिस्कनका लागि कर्णाली प्रदेश प्रहरी गण सुर्खेतले गणलाई लक ईन गरिएको सई रतन शर्माले बताए। बाहिरबाट आउनेहरुका लागि र भित्र कार्यरक्त प्रहरीहरु गणको गेटमा सावुन पानीले हात धुने र मास्क अनिवार्य लगाउनुपर्ने बनाइएको सई शर्माले बताए। ‘गणबाट प्रहरी बाहिर निस्कन बन्देज छ।’ उनले भने, सुरक्षित साथ भित्रै बसेर सबैलाई काम गर्न भनेका छौं र गेटमा कडा गरेका छौं।’ बाहिर हिड्नेहरुका लागि सावुन पानीको व्यवस्था गणले गरेको छ। कर्णाली प्रदेश छिर्ने प्रमुख नाका बवई र दैलेखको गुराँसे र रार्कम कर्णालीमा स्वास्थ्यकर्मीबाट चेकजाँच भईरहेको छ।

त्यस्तै, दैलेख जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी कार्यालय बाहिर सावुन पानीले हात धुनुपर्ने नियम बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले बताए। जिल्लाभर जनचेतनाका कार्यक्रमहरु प्रहरी यूनिट मार्फत भईरहेको ओलीले बताए। त्यस्तै नारायण नगरपालिकाले नगरका सबै विद्यार्थीलाई मास्क वितरण गरेको नगरपालिकाका शाखा अधिकृत निरक रावलले बताए।

 

प्रकाशित: ७ चैत्र २०७६ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App