coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बैतडीका ८ वटा सीमा नाका बन्द

सीमा नाका झुलाघाटमा भारतबाट आएकाह?को स्वास्थ्य परीक्षण गरिँदै। तस्बिरः बिरा/नागरिक

बैतडी - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी ?पमा फैलिरहेकाले डुंगाबाट आवतजावत हुने बैतडीका तल्लोसोराडकााट बन्द गरिएको छ। महाकाली नदीमा डुंगा चढेर ओहोरदोहोर हुन ८ वटा घाट अनिश्चित कालको लागि बन्द गरिएको हो। बैतडीको झुलाघाट सीमानाका भने खुला गरिएको छ।

सीमानाकामा स्वास्थ्य परीक्षण गरेर आवतजावत खुला गरिएको हो। केही दिन अघि शिवनाथ गाउँपालिकामा बसेको सरोकारवालाह?को बैठकले  तल्लोस्वराडका चारवटा घाटमा हेल्थ डेस्क स्थापना गरेर आवतजावतको व्यवस्था गर्ने निर्णय गरे पनि आवश्यक स्वास्थ्य परीक्षण र स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा सबै घाट बन्द गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि सबै घाटबाट आवतजावत बन्द गरेको हो। तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनाराका स्थानीय भारतीय बाटो भएर आवतजावत गर्दै आएका छन्। सीमा नदीमा पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।

घाट बन्द भएपछि नयाँ वर्षमा भारतीय सहरबाट फर्कने स्थानीय समस्यामा परेका छन्। बैतडीमा झुलाघाट सीमा नाका मात्र खुला गरिएको छ। स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखिएपछि झुलाघाट नाकाबाट भने आवतजारी भइरहेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

झुलाघाट नाकाबाट दैनिक करिब पाँच सयले आवतजावत गर्दै आएका छन्। हालसम्म कुनै पनि संक्रमित फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सुदूरपश्चिमेलीह?ले नयाँ वर्षमा मनाउँदै आएको बिसुको लागि भारतीय सहरमा काम गर्दै आएका स्थानीय घर फर्कने क्रम बढदै गएको छ। भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले सतर्कता अपनाउन  सीमामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन।
हेल्थ डेस्कबाट स्वास्थ्य परीक्षणका साथै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानीबारे परामर्श र जानकारीमुलक पर्चासमेत वितरणको व्यवस्था मिलाइएको दशरथचन्द नगरपालिकाले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App