coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुदूर पश्चिम सेमिफाइनलमा

धनगढी- धनगढीमा जारी सुदूर पश्चिम खप्तड गोल्डकपमा आइतबार भएको खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब विजयी भएको छ। धनगढी रंगशालामा भएको खेलमा भारतको पन्जाब–११ लाई ५–० ले पराजित गर्दै सुदूर पश्चिम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुदूर पश्चिमका लागि मनिराम चौधरीले ३ तथा प्रयण्य अन्जान र सुमीत दुबेले १/१ गोल गरे। खेलको १४ औं मिनेटमा गोल गरेर चौधरीले टोलीलाई अग्रता दिलाए। ४३ औं मिनेटमा उनैले दोस्रो गोल गरे। चौधरीले ५९ औं मिनेटमा तेस्रो गोल गर्दैै ह्याटि्रक पूरा गरे। सुदूर पश्चिमका लागि ३८ औं मिनेटमा दुबे र अतिरिक्त समयको पहिलो मिनेटमा अन्जानले गोल गरे। म्यान अफ द म्याच घोषित चौधरीले ५ हजार रुपैयाँ नगद पाए।

सुदूर पश्चिमका कप्तान गजेन्द्र शाहीले खेलाडीको समन्वय र मेहनतले फराकिलो अन्तरबाट जित्न सफल भएको बताए। पन्जाब फुटबल क्लबका कप्तान रिमी मेहराले तालमेल नमिल्दा खेल गुमाएको बताए।

सोमबार संकटा क्लब र जगदम्बा लुम्बिनीबीच पहिलो तथा दिल्ली युनाइटेड र सहारा क्लब काठमाडौंबीच दोस्रो खेल हुने सुदूर पश्चिम फुटबल क्लबका अध्यक्ष सुरेश हमालले बताए।

माघ १ सम्म हुने प्रतियोगितामा भारतका २, भुटानको १ र नेपालका ९ समेत १२ टोली सहभागी छन्।

प्रकाशित: २५ पुस २०७३ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App