८ वैशाख २०८१ शनिबार
राजनीति

राजपाको महाधिवेशन अनिश्चित

काठमाडौ – पटकपटक स्थगित हुँदै आएको राष्ट्रिय जनता पार्टीको महाधिवेशन वैशाखमा पनि नहुने भएको छ। कोरोना भाइरस संक्रमणको कारण देखाउँदै सार्ने भएको छ। खासै तयारी नभइरहेका बेला पार्टीलाई महाधिवेसन सार्न कोरना संक्रमण गतिलो कारण बनको हो। राजपाका संयोजक शरतसिंह भण्डारीले राष्ट्रिय संकटको बेला पार्टीको महाधिवेशन गर्नु उपयुक्त नहुने बताए। उनले भने, ‘अहिले देश राष्ट्रिय सकटमा छ। यस्तो बेला सभा सम्मेलन नगर्न सरकारले नै निर्णय गरेको छ।’ राष्ट्रिय संकट सामधान भयो भने राजपाको महाधिवेशन हुने उनको भनाइ छ। यसअघि राजपाका नेताहरूले २०७७ वैशाखभित्र महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका थिए।

तर राजपाका दोस्रो तहका नेताले भने कोरना भाइरसको संकट नभएको भए पनि वैशाखमा महाधिवेशन हुन सक्ने अवस्था नरहेको बताउँछन्। पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन। २०७४ वैशाख ७ मा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो। पार्टी एकिरणको ३ वर्ष पूरा हुन लाग्दा पनि राजपाले तीनपटक महाधिवेशनको तिथि तय गरेर स्थगित गरेको छ। पार्टी गठन भएको तीन वर्षको अवधिमा एकपटक मात्र केन्द्रीय समितिको बैठक बोलाइको छ। प्रतिनिधिसभाको निर्वाचनपछि राजपाका नेताहरूले समाजवादी पार्टीसँग पार्टी एकीकरणका लागि औपचारिक/अनौपचारिक वार्ता गर्दै आएका छन् तर पार्टी एकीकरण प्रक्रिया पनि अघि बढ्न सकेको छैन। राजपा नेतृत्व हरेक दुई/दुई महिना चक्रीय प्रणालीअनुसार परिवर्तन हुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार चैत ५ बाट अध्यक्षमण्डलका संयोजकमा भण्डारी चुनिएका हुन्।

प्रकाशित: ७ चैत्र २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App