coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दलितसँग सहकारी अभियान

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’ स्थापनाका लागि अभियान सुरु गरिएको छ। सात वडा रहेको गाउँपालिकाले दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुबाट उक्त अभियान सुरु गरिएको हो।

पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि अघि सारिएको उक्त अभियानअन्तर्गत गाउँपालिकाले छोरम्बुबाट दलित बचत तथा ऋण सहकारी स्थापनाको काम सुरु गरेको जनाएको छ। गाउँपालिकाले ५० हजार बीउ पुँजी उपलब्ध गराएपछि दलित समुदायले सहकारी स्थापना गरेका हुन्।

सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण, सञ्चालक समिति गठन, नाम जुराउने, विधान तयार गर्ने, सहकारी दर्ता, सेयर संकलनलगायत काममा गाउँपालिकाले नै सहयोग गरेको जनाएको छ। आर्थिक र सामाजिकरुपमा पछि परेका दलित वर्गको उत्थानका लागि दलितसँग सहकारी कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए। अन्य वडामा पनि क्रमशः दलित सहकारी स्थापना गरिने जनाइएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App