सर्‍यो मिस नेपाल प्रतियोगिता

शुक्रबार, ०७ चैत २०७६, ०८ : ०८ नागरिक

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सारिएको छ। बिहीबार द हिडन ट्रेजरको बैठकले मिस नेपाल प्रतियोगिताका गतिविधिहरू आगामी वैशाख १८ सम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो।

‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको गतिविधि र फाइनलको मिति सारिएको छ,’ द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले भने, ‘आगामी वैशाख १८ पछि मिस नेपाल प्रतियोगिताको प्रतियोगी छनोट र फाइनलको मिति तोक्नेछौं।’

यसपटक मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो। द हिडन ट्रेजरले मिस नेपालले धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सिध्याइसकेको थियो। राजधानीको अडिसन बाँकी रहेको उनले बताए।

यसअघि मिस नेपाल २०२० को लागि आगामी चैत १४ सम्मको लागि आवेदन खुला गरिएको थियो। प्रतियोगितामा १८ देखि २६ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको थियो।

‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालले प्रतिनिधित्व गरेरहेका ब्युटी प्याजेन्टहरूले फाइनल मितिहरू तोकेका छैनन्। हामीले मिस नेपालमा छनोट भएका उत्कृष्ट प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सहभागी गराउँछौं, ’उनले थपे।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad