coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

धरान - विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि फिल्म हल, सांस्कृतिक केन्द्र, क्लब, म्युजियम र मनोरञ्जन स्थललगायतलाई आगामी वैशाख १८ सम्म बन्द धरान १५ स्थित बगरकोटमा सञ्चालन भइरहेका आधा दर्जन लाउन्ज एन्ड बारहरूमा सर्वसाधारणको उपस्थिति ह्वात्तै घटेका छन्। ग्राहकलाई मनोरञ्जन दिन यहाँ आयोजना हुने गरेका सांगीतिक प्रस्तुतिहरू हेर्ने दर्शक छैनन्। व्यापारमा असर परेको बताउँछन्।

‘विगतमा जस्तो चहलपहल छैन्। कोरोना भाइरस संक्रमण रोकथामका लागि फिल्म हल, सांस्कृतिक केन्द्र, क्लब, म्युजियम र मनोरञ्जन स्थललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णयसँगै व्यापारमा असर परेको छ,’ उनले भने, ‘व्यापारभन्दा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण हो।’

विगत वर्षमा धरानको भानुचोकमा आयोजना हुने गरेको ‘होली हंगामाः दुव्र्यसनीविरुद्ध सांगीतिक लडाई’ नामक कार्यक्रम यसपटक हुन सकेन्। जिल्ला प्रशासन, इलाका प्रहरी, नगरपालिका र वडा कार्यालयले प्रस्तुतिको लागि स्वीकृति दिएपनि संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि नेपाल सरकारले सभा र सम्मेलन नगर्न अपिल गरेसँगै कार्यक्रम स्थगित भएको थियो। ‘सांगीतिक कार्यक्रमको लागि तयारी गरिरहेको अवस्थामा स्थगित गरेका थियौं। विगत सात वर्षदेखि नियमित हुँदै आएको कन्सर्ट यसपटक भएन्, ’ आउटसाइडर व्याण्डका गिटारिस्ट मनु बान्तवाले भने, ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेसँगै सांगीतिक कार्यक्रमहरू स्थगित गरेका छौं।’

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै यहाँ आयोजना र सञ्चालन भइरहेका अधिकांश मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्। अधिकांश सांगीतिक प्रस्तुतिहरू रद्द वा स्थगित भएका छन् भने अनिवार्य गनुपर्ने कार्यक्रहरू सीमित उपस्थितिमा भइरहेको जानकारी सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौभर श्रेष्ठले दिए। उनका अनुसार चैतको अन्तिम साता हुने भनिएको सांगीतिक कार्यक्रम स्थगित भएको छ। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अफल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्न अपिल गरेसँगै सबै कार्यक्रमहरू रोकेका छौं,’ उनले भने, ‘अहिलेको स्थितिमा सतर्कता अपनाउनु जरुरी भएकाले कार्यक्रमहरूलाई लिएर अन्यौलता भएको छ।’

प्रदेश सरकारले धरानमा आयोजना गर्ने भनेको अन्तर्राष्ट्रिय फिल्म महोत्सव संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेसँगै अन्योलमा परेको छ। यसअघि मंसिरमा उपनिर्वाचनको आचारसंहिताले महोत्सव स्थगित भएको थियो। आयोजकले चैतमा गर्ने भनेको महोत्सव अन्योलमा परेको छ। गत साता बगरकोटमा सीमित व्यक्तिहरूको उपस्थितिमा फेसन सोको आयोजना भएको थियो।

प्रकाशित: ७ चैत्र २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App