७ वैशाख २०८१ शुक्रबार
समाज

बाग्मती प्रदेशले ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष बनाउने

मकवानपुर – कोरोना भाइरस(कोभिड–१९) संक्रमणका शंकास्पद बिरामीको निगरानी तथा व्यवस्थापनका लागि बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २४ बुँदे निर्णय गर्दै हेटौंडा उपमहानगरपालिका ११ स्थित हेटौंडा एकेडेमीमा २ सय शैड्ढया, हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानमा १ सय शैड्ढया, गौरीटार खेलकुद एकेडेमीका १ सय शैड्ढया तथा कर्रास्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय शैड्ढयाको क्वारेन्टाईन कक्ष निर्माण गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको विपद् व्यवस्थापन निर्देशक समितिले स्थान तथा शैड्ढया संख्या तोकेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए।

साथै, हेटौंडा अस्पतालमा १ सय शैड्ढयासहित प्रदेशको सबै जिल्ला सरकारी अस्पताल गरी २ सय २९ आइसोलेट कक्ष तथा भेन्टिलेटरसहित आइसियु कक्ष निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको उनले बताए।

‘भरतपुर अस्पतालमा ५०, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ अस्पतालमा ५/५, रसुवा अस्पतालमा ४, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, जिरी, मेथिनकोट, बगौडा र बकुलहर अस्पतालगरी ५० शैयाको आईसुलेट कक्ष व्यवस्थापन गर्ने तयारी छ,’ उनले भने।

त्यस्तै, निजी अस्पताल(मेडिकल कलेज)मा एक सय, भरतपुर अस्पतालमा २०, हेटौंडा अस्पतालमा १०, भक्तपुर र सिन्धुली अस्पतालमा ५/५, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १० शैड्ढयाको भेन्टिलेटसहितको आइसियु कक्ष स्थापना गर्ने आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताए।

त्यस्तै, बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्मा खोरी, कालो बजारी तथा मिसावट गर्ने कार्यलाई कानुनबमोजिम कारबाही गर्ने व्यवस्था गर्न सरकारले सम्बन्धित निकायलाई जिम्मेवारी दिएको जनाएको छ। सार्वजनिक यातायातका साधन सञ्चालन गर्नुअघि निर्मलीकरण गर्ने र सिट क्षमताभन्दा बढी यात्रु ओसार–पसार नगर्न र त्यसको कार्यान्वयन गराउन प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न आह्वान गर्दै वाग्मती प्रदेश सरकारले सांस्कृतिक, सामाजिक कार्य र मठ, मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिकस्थल, पार्क, पिकनिकजस्ता मनोरञ्जनात्मक तथा पार्टी प्यालेसजस्ता सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि आग्रह गरेको छ।

प्रदेशभित्रका सबै सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, संग्रहालय, स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार, दोहोरी साँझ तथा क्लबहरू चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गर्दै सरकारले अनुगमन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय र प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

प्रदेशभित्रका सरकारी, सामुदायिक तथा निजी सबै विद्यालय, शैक्षिक प्रतिष्ठान, तालिम केन्द्र र विश्वविद्यालयको पठनपाठन चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गर्दै प्रदेश सरकारले सरकारी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाबाट स्वास्थ्यबाहेक २५ जना भन्दा बढी जम्मा भई तालिम, सेमिनार, सभा, सम्मेलन लगायतका कार्यक्रम गर्न चैत्र मसान्तसम्म रोक लगाएको छ।

साथै, नागरिकमा भ्रम सिर्जना गर्ने गराउने, त्रास फैलाउने गरी समाचार वा सूचना सम्प्रेसण गरे कुनैपनि सञ्चार माध्यम वा सामाजिक सञ्जाल प्रयोगकर्तालाई कानून बमोजिम कार्यबाही गर्ने चेतावनी दिएको छ। अस्पतालमा शंकास्पद बिरामीको निगरानी एवं व्यवस्थापनका लागि स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई समन्वय गरि परिचालन गर्ने साथै प्रदेशबाट विद्यालयमा खटाइएका नर्सलाई जिल्ला अस्पतालमा काजमा खटाउने पनि प्रदेश सरकारको तयारी छ।

‘प्रदेश मातहतका अस्पतालहरूबाट छुट्टै फिभर क्लिनिक सञ्चालन गर्ने र प्रदेशभित्रका अन्य अस्पतालमा व्यवस्थापनका लागि अनुरोध गर्नेछांै,’ उनले भने, ‘प्रदेशका मुख्य सडक, नाका तथा बसपार्कमा सुरक्षा निकाय तथा स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्नेछौं।’

कोभिड १९ नियन्त्रणका लागि आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा प्रदेशस्तरीय कोरोना नियन्त्रण समिति, सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन समिति र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको संयोजकत्वमा बजार अनुगमन उच्च स्तरीय समिति गठन गरिएको जनाईएको छ।

कोरोना त्रासले प्रदेशसभा अधिवेशन अन्त्य
कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण बाग्मती प्रदेशसभाको हिउ“दे अधिवेशन बिहीबार अन्त्य गरिएको छ। संघीय सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको र सांसदहरुले नै बैठक स्थागित गर्न माग गरेपछि पुस २१ गतेबाट सुरु भएको पाँचौ अधिवेशन अन्त्य गरिएको हो।

सभामुख सानुकुमार श्रेष्ठले बाग्मती प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रदेशको हिउँदे अधिवेशन बिहीबार राति १२ बजेबाट सकिने जानकारी गराएका थिए। प्रदेशसभाको हिउँदे अधिवेशनमा बसेको २५ वटा बैठकले ४ वटा विधेयक र १ वटा अध्यादेश पारित गरेको उनले बताए।

बिहीबार बसेको प्रदेश सभाको बैठकले २ वटा विधेयक सर्वसहमत रुपले पारित गरेको छ। प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेक पारित गरिएको हो।

प्रकाशित: ७ चैत्र २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App