८ वैशाख २०८१ शनिबार
खेल

जनचेतना बाडदै इङ्लिस क्लब

लन्डन – कोरोना भाइरसको त्रास बढेसँगै नियमित फुटबल खेल्नमा रोक लगाइएपछि इङ्लिस प्रिमियर लिगका क्लबहरूले भने सार्वसाधारणलाई सोही रोगका बारेमा जनचेतना बाँड्नुका साथै उनीहरूको दैनिकी स्वाभाविक रूपमा अघि बढोस् भन्ने कार्य गरिरहेका छन्।

विश्वभर कोरोना संक्रमणको त्रास बढेसँगै विश्वभर खेलकुद गतिविधिमा एकपछि अर्काे रोक लगाइरहँदा प्रिमियर लिग पनि त्यसबाट टाढा रहन सकेन। इङ्लिस प्रिमियर लिगले अप्रिल अन्तिमसम्मका लागि खेलतालिका रद्द गरिसकेको छ। त्यसैले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको योजनासमेत केही समयका लागि पछि धकेलिएको छ। लिभरपुलले घरेलु मैदामा ४ र एभर्टनले ५ खेल गुमाए पनि उनीहरूले एकआपसमा खेलभावना राख्दै आफ्ना समर्थकबाट संकलित रकमको खाना बाँड्ने गरेका छन्।

लिभरपुलका खेलाडी र क्लबको फाउन्डेसनले संकटको समयमा अभाव नहोस् भन्दै फुड बैंकका लागि ४६ हजार अमेरिकी डलर संकलनसमेत गरेका छन्। ‘अहिलेबाटै हामी तयारीमा जुटिरहेका छाैँ। संकटको समयमा अभाव नहोस् भनेर अहिलेबाटै पूर्वतयारी गरिएको हो,’ एलएफसी फाउन्डेसनका प्रमुख म्याट पारिसले भने, ‘संकट आइहाल्यो भने रातारात केही गर्न सकिँदैन ,त्यसैले हामीले अभाव नहोस्, समस्या नपरोस् भनेर तयारी गरेका हाैँ।

प्रकाशित: ७ चैत्र २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App