७ वैशाख २०८१ शुक्रबार
समाज

रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण हुँदै

ललितपुर- बुङमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण सुरु भएको छ। चार करोड रुपैयाँभन्दा बढी लागतमा पुनर्निर्माण थालिएको मन्दिरको जग बसाल्ने कार्य भइरहेको छ। मच्छिन्द्रनाथ मन्दिरलाई अघिल्लो वर्षको भूकम्पले ध्वस्त पारेको थियो। ठेकेदार कम्पनीले गत साउनदेखि पुनर्निर्माण थालेको पुरातŒव विभागले जनाएको छ। प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीलाई दुई वर्षमा मन्दिर पुनर्निर्माण सक्ने गरी ठेक्का दिएको विभाग प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। 'पुरानै शैली र मौलिकता नमेटिने गरी हामीले पुनर्निर्माणको जिम्मा दिएका छौँ,' उनले भने, 'मन्दिरमा प्रयोग भइरहेको सामान चेकजाँचमा विभागका केही प्रतिनिधि पठाएका छौँ।'

उनका अनुसार यो मन्दिर पुरानो र उपत्यकाकै पृथक शैलीको मन्दिर हो। मन्दिर भत्किएपछि रातो मछिन्द्रनाथ मूर्तिलाई बुङमतीमै अस्थायी मन्दिर निर्माण गरी राखिएको थियो।

हामीले दुई वर्षमा काम सक्ने गरी चार करोड ७४ लाख अनुमानित लागतमा ठेेक्का लिएका थियौँ,' ठेकेदार कम्पनी प्रमुख सुवर्णलाल श्रेष्ठले भने, 'निर्माणमा प्रयोग हुने सामान सबै पुरातŒवले तोकअनुसारकै प्रयोग गरेका छौँ।'

सहकालका देवताको रूपमा मछिन्द्रनाथ रथ जात्रालाई उपत्यकाकै पृथक र ऐतिहासिक महत्व बोकेको जात्राको रुपमा लिइन्छ। मछिन्द्रनाथ मन्दिर पाटन र वुंमतिमा एकएक वटा रहेको गुठी संस्थान शाखा ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए। उनले भने, 'यो मन्दिर अत्यन्तै पूरानो मन्दिर हो, मन्दिर स्थानपनाबारे कुनै शिलाखेलहरु नभएको र हामीले सुने अनुसार यो मन्दिर १४ सय बर्ष पहिले बनेको रहेछ, धेरै पुरानो तर बीचमा मर्मत सम्भार नभएकोले भूकम्पमा भत्किएको हो।'

भूकम्पले मन्दिर भत्काएपछि पुरातत्व विभागको पहलमा वुंमतीमै अस्थायी मन्दिर निर्माण गरी मछिन्द्रनाथ देवता राखिएको थियो।

त्यसो त मछिन्द्रनाथको रथ ६ महिना पाटन र ६ महिना वुंमतिमा राख्ने परम्परा पनि छ। जेठदेखि मंसिरसम्म वुमतीमै राख्ने र जात्राको समय जावलाखेलमा भोटो देखाइसकेपछि पुनः वुंमतिमै लगेर राख्ने चलन छ। त्यस्तै, मंसिरपछि विभिन्न  चोकहरु परिक्रममा गराउँदै पाटनमा रहेेको मछिन्द्रनाथ मन्दिरमा राख्ने परम्परा रहिआएको गुठी संस्थानले जनाएको छ। भूकम्पको बेला मछिन्द्रनाथ देवता रथमै भएकोले मुर्तिहरु टुटफुट भएका थिएनन्। अहिले मछिन्द्रनाथको रथ पाटनका ल्याइएको छ।

प्रकाशित: २५ पुस २०७३ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App