coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आत्महत्या दुरुत्साहनमा तीन जना पक्राउ

भक्तपुर- आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा कानून बमोजिम अनुसन्धान कार्य थालेको जनाएको छ।

धादिङ खानिखोला गाउँपालिका वडा नं. १० घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका १ लोकन्थली बस्ने वर्ष ३६ की अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका १ लोकन्थली बस्ने वर्ष ३४ की सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका १ लोकन्थली बस्ने वर्ष १८ की एनिहा सुब्बालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ मनहरामा बस्ने खोटाङ दिक्तेल नगरपालिका ३ पिनालाखा स्थायी घर भई हाल मनहरामा बस्ने वर्ष ३५ की बिमला राईलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। मृतक बिमलाकी १८ वर्षीय छोरा अनिस राईको किटानी जाहेरीपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। छोरा अनिसले आफ्नी आमालाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य गराएको भनी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा किटानी जाहेरी दरखास्त दिएका थिए।

यसअघि अनिसकी आमा बिमलालाई प्रहरीले बुधबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटाएको थियो। आत्महत्याको खवर प्राप्त हुनासाथ घटनास्थयलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी अधिकृतसहितको अनुसन्धान अधिकृतको टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी शवलाई परीक्षणको लागी बुधबार नै त्रिवि. शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन बिभाग महाराजगञ्ज, काठमाडौ पठाइएको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए।

प्रकाशित: ६ चैत्र २०७६ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App