८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिलाई राप्रपाको निम्तो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनका लागि पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र यसै अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। चियापान कार्यक्रममा निमन्त्रणा गर्न आइतबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका राप्रपाका नेताले पुस २७ लाई सार्वजनिक बिदा दिन पनि राष्ट्रपतिसँग माग गरे।

राष्ट्रपतिलाई भेट्न शीतलनिवास प्रमुख राप्रपा संसदीय दलका सचेतक दिलनाथ गिरी र सचेतक पर्शुराम खापुङ गएका थिए। उनीहरूले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताका रुपमा राष्ट्रले सम्मान गर्ने विगतको परम्परालाई निरन्तरता दिन पनि माग गरे। राष्ट्रपति भण्डारीले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आफू सकारात्मक रहेको बताएको जानकारी गिरीले दिए। 'पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताका रुपमा सम्मान गर्न हामीले राष्ट्रपतिसँग आग्रह गर्‍यौं', गिरीले भने, 'हाम्रो आग्रहलाई उहाँले सकारात्मक रुपमा लिनुभएको छ।'

प्रकाशित: २५ पुस २०७३ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App