१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पर्यटन क्षत्रेलाई कर तिर्ने समय पछाडि सार्ने सरकारको तयारी

काठमाडौं – अर्थमन्त्री र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाले प्रभाव पार्ने उद्योगमा करको भुक्तानीलाई केही पर सार्नेबारे तयारी भइरहेको बताएका छन्। सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगको प्रकृति हेरेर काम गर्न पर्ने भएकाले तयारीमा समय लागेको बताए। कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा समस्या  आएकाले त्यस विषयमा तयारी गरिएको उनले बताए।

मन्त्री खतिवडाले पर्यटन क्षेत्रको ऋणलाई पुनर्तालिकीकरण गर्नेबारे पनि छलफल भइरहेको बताए। अन्य वित्तिय सहयोग गर्न सकिने उनले बताए।

फेब्रुअरी  र मार्चको पर्यटनको सिजनलाई प्रभावित बनाएको भन्दै उनले अफसिजनमा यसलाई परिपूर्ति गर्नेगरी काम हुने उनले बताए। पर्यटन क्षेत्रका कर्मचारीहरुलाई कल्याणकारी कोष परिचालन गरेर समस्या समाधान गरिने उनको भनाई छ।

कुल जीडीपीमा पर्यटनको ४ प्रतिशत मात्र योगदान रहेकोले यसमा कोरोनाले पारेको प्रभावले पुरै अर्थन्त्र सिथिल नुहुने उनको भनाइ छ।

कोरोना नियन्त्रणमा सरकारले सरकारी मात्र होइन निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई पनि परिचालन गरेको बताए। खतिवडाले चिकित्सा शास्त्रका विद्यार्थीलाई पनि यसमा आव्हान गरेको उनले जानकारी दिए। छिमेकी मुलुक र मित्रराष्ट्रहरुले स्वास्थ्य उपकरण दिने भनेको र त्यो प्राप्त हुने चरणमा रहेको बताए।

प्रकाशित: ६ चैत्र २०७६ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App