coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’ योजना

काठमाडौं- नेपाली युवाहरुलाई लक्षित गरेर एनसेलले नयाँ सिम योजना ल्याएको छ। एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’  घोषणा गरेको छ। यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन्। पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामीम्युजिक र हङ्गामाम्युजिकप्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने एनसेलले जनाएको छ। ग्राहकहरूले करसहितमात्र रु। ९९ मा यो सिम लिन सक्नेछन्।

यो सिममाग्राहकले २० रूपैयाँ को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबीफोरजीसहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन्। सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतःआउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामीम्युजिक र हङ्गामाम्युजिकप्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन्।

नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै १०० रूपैयाँ वा सोभन्दामाथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्मप्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मकालागि पाउनेछन्। प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोहीदिनको मध्यरातसम्म हुनेछ। माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाकालागि पाँच माईफाइभ नम्बरहरूमा बिनाकुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभलिन सकिनेछ।

यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक १०० रूपैयाँको खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबीफोरजी) बोनस डेटा १२ महिना सम्मप्राप्त गर्नेछन्।

‘सही यो१पावर सिम’प्रयोग गर्ने ग्राहककालागि आकर्षक डेटा प्याक पनि छन्। ग्राहकहरुले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन्। ग्राहकले करबाहेक ११० रूपैयाँमा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबीप्राप्त गर्नेछन्। यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन्। त्यस्तै, ग्राहकले कर बाहेकमात्र रु। १०५ मा म्युजिकप्याक सुचारु गर्न सक्नेछन्।
म्युजिकप्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबीडेटा प्राप्त गर्नेछन्। यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामाम्युजिकप्रो र दामीम्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन्।

नयाँ योजनाले आधुनिक युवा वर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले  प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने सहयोग गर्ने एनसेलको जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App