८ वैशाख २०८१ शनिबार
समाज

३७ गुम्बा पुननिर्माण रोकियो

गोरखा - भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा भत्किएका गुम्बाहरु पुनर्निर्माण नहुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्दी्रय कार्यालयले चालु वर्ष ३७ वटा गुम्बा गोरखामा निर्माण गर्ने योजना बनाएको थियो। बजेट अभावका कारण पुनर्निर्माण गर्न सम्भावना नरहेको भन्दै पुनर्निर्माण प्राधिकरण अन्र्तगतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइलाई तत्काल उक्त कार्यक्रम गर्न नसकिने जानकारी प्राधिकरण गराएको छ।

‘१३ वटा मर्मत गर्ने काम चालुवर्षको असार सम्म सकिन्छ’ पूर्वाधार इकाइका प्रमुख रामशरण आचार्यले भने ‘३७ वटा पुनर्निर्माण भने अब हुँदैन।’ प्राधिकरणले ५० वटा गुम्बामा बनाउने गरी योजना बनाएको थियो। ‘मर्मत गर्न बजेट छ, तर पुनर्निर्माणको बजेट आएन, हामीले कार्यक्रम रद्ध ग-यौँ’ इकाइ प्रमुख आचार्यले भने। १३ वटा गुम्बालाई तीन देखि १० लाख रुपैयाँ बजेट रहेको उनले बताए।

ती गुम्बा भने उपभोक्ता समिति मार्फत काम गरेर मर्मत गरिनेछ। ‘भुकम्पमा भत्किएका ठुला गुम्बा मध्ये बारपाकको खुम्चे निर्माण भइरहेको छ, अन्य गुम्बा पुनर्निर्माण अस्तब्यस्त भयो’ इकाई प्रमुख आचार्यले भने। उक्त गुम्बा गाउँपालिका, स्थानीयले सहयोग जुटाएर निर्माण गरिरहेका छन्। पुनर्निर्माण प्राधिकरणले पनि गत वर्ष बजेट बिनियोजन गरेको थियो।

सरकारले गुम्बा पुनर्निर्माण गर्न दातृ निकायबाट बजेट आउने अपेक्षा गरेको थियो। दाता संस्थाको शर्त अनुसार काम गर्न समस्या भएपछि उक्त सम्झौता रद्ध हुँदा गुम्बा पुनर्निर्माण गर्न समस्या भएको प्राधिकरणका कर्मचारी बताउँछन्।

मनकामना दर्शन प्रालीद्वारा २ लाख सहयोग
गोरखा नगरपालिका ५ सतिपिपलको बौद्ध गुम्बा निर्माणका लागि मनकामना दर्शन प्रालीले दुई लाख रुपैयाँ सहयोग गरेको छ। प्रालीका संचालक स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठको स्मृती कोषबाट उक्त रकम सहयोग गरिएको बौद्ध समुह गोरखाका अध्यक्ष बिष्णु थापाले बताए।

कोषका सचिव एवं लक्ष्मणबाबुका छोरा राजेशबाबु श्रेष्ठले भुकम्पमा क्षती पुगेको गुम्बा पुन निर्माणमा सहयोग गर्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताएका छन्।

प्रकाशित: ६ चैत्र २०७६ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App