७ वैशाख २०८१ शुक्रबार
समाज

सम्पदा मासेर सडक विस्तार

सडक विस्तारको क्रममा भत्काइँदै गरेको ऐतिहासिक पाटी। तस्बिर: नागरिक

भक्तपुर – भक्तपुरको सूर्यविनायकमा ऐतिहासिक सम्पदा मासेर सडक विस्तारको सुरु भएको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकदेखि उत्तर गणेश मन्दिरसम्म पुग्ने एक किलोमिटर सडक विस्तारका क्रममा सडक छेउ रहेका पाँच वटा सार्वजनिक पाटी र दुई वटा ढुगेधारा पूर्णरूपमा क्षति पुगेको छ। सम्पदा मासेर सडक विस्तार गरिएको भन्दै स्थानीयहरू आक्रोसीत भएका छन्।

सूर्यविनायक नगरपालिका–६ र वडा नम्बर ८ सिपाडोलको सीमानाको रूपमा रहेको उक्त सडक विस्तारको काम सुरु गरिएको छ। दुई लेन चौडाइको सडकलाई पहिलो चरणमा आठ मिटरको हुने गरेर विस्तारको काम गरिएको छ। सडक विस्तारको क्रममा अहिले डोजर प्रयोग गरेर धमाधम काम भइरहेको छ। यसक्रममा ऐतिहासिक पाटीहरू भत्काइएका छन् भने ढुंगेधारा माटोले पुरिएका छन्। सडक विस्तारको क्रममा अहिले सडक सीमाना किटान गरी पर्खाल लगाउने कामसमेत भइरहेको छ।

सूर्यविनायक नगरपालिका–६ को कार्यालय ले जनाए अनुसार तीन वटा सरकारी संस्थाको संयुक्त पहलमा सडक विस्तारको काम सुरु भएको हो। सूर्यविनाक नगरपालिका– ६ र ८ नम्बर वडा कार्यालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजना र डिभिजन सडक कार्यालय भक्तपुरको संयुक्त प्रयासमा सडक विस्तारको काम सुरु भएको बताइएको छ। पटक पटक स्थानीयको अवरोधका कारण सडक विस्तारको काम सुरु हुन सकेको थिएन।

अहिले पहिलो चरणमा आठ मिटर फराकिलो सडक बनाइने भएको छ। अहिले घर भत्काउनु नपर्ने गरी आठ मिटर मात्रै सडक विस्तार गर्न लागिएको छ। त्यसपछि भविष्यमा ११ मिटर चौडाइको कालोपत्रे गरिने आयोजनाले जानकारी दिएको छ। सडकको कालोपत्रे मात्रै आठ मिटर कायम हुने छ। नक्सा पास गरेर निर्माण गरिएको घर भत्काउनुपर्ने गरेर सडक बनाउन लागेको भन्दै स्थानीयहरू आन्दोलित भएको छ।

साथै सम्पदा मासेर सडक निर्माण गरिएको भन्दै आलोचन समेत हुने गरेको छ। ऐतिहासिक सम्पदालाई कसरी संरक्षण गर्ने भन्ने विषयमा स्थानीयसँग कुनै छलफल नै नगरेर काम सुरु गरेको भन्दै स्थानीयवासी आक्रोशीत भएको छन्। आलोचना बढ्दै गएपछि नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर ध्वजुले सडक निर्माणको क्रममा क्षति भएको सम्पदाको सकेसम्म अर्को ठाउँमा पुनर्निर्माण गरिने बताए। विकास निर्माणका लागि सडक निर्माण पनि महत्वपूर्ण काम हो,’ उनले भने, तर सडक विस्तारको काम गर्दा गुठी संस्थानको एउटा ठूलो पाटी पनि परेको छ। त्योलगायतका क्षति भएका सबै सम्पदाहरू सडक विस्तारपछि बाँकी रहेको सरकारी जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गर्ने योजना छ।’

प्रकाशित: ६ चैत्र २०७६ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App