८ वैशाख २०८१ शनिबार
कला

'क्वारेन्टाइन' मा सोनम कपुर

मुम्बई – बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन्। श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएका थिइन्।

अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिएपनि परिवारका सदस्यसँग घुलमिल हुनुपर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएकी थिइन्।

‘कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले विभिन्न प्रयास गरिरहेको छ। हामी दुवैलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन्,’ उनले स्टोरीमा भनेकी छन्,‘हामी प्रभावित क्षेत्रमा नपुगेपनि क्वारेन्टाइनमा बस्न लागेका छौं। कारण हामी परिवारसँग बस्छौं।’

भारत विमानस्थलमा कोरोना भाइरस संक्रमण रोकथामका लागि विभिन्न स्वास्थ्य परीक्षण गरिरहेको उल्लेख गरेकी थिइन्। उनले अन्तर्राष्ट्रिय यात्रा गरिरहेका यात्रुहरूलाई समेत क्वारेन्टाइनमा बस्न आग्रह गरेकी थिइन्।

सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी उनी लन्डनमा बस्दै आएकी थिइन्। बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्रीको सूचीमा पर्ने उनीले ‘द जोया फ्याक्टर’, ‘सञ्जु’, ‘प्याडम्यान’, ‘प्रेम र तन धन पायो’, ‘निर्जा’, ‘डली कि डोली’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्।

प्रकाशित: ६ चैत्र २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App