१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘स्रष्टा पदयात्रा’ पुस्तक बजारमा

मकवानपुर – स्रष्टा पदयात्राको पहिलो पुस्तक ‘स्रष्टा पदयात्राः डाँडापाखा हेर्ने रहर’ विमोचन भएको छ। स्रष्टा पदयात्राको ४१ औं यात्रा शृंखलाअन्तर्गत यस साता दामनमा सो पुस्तक विमोचन गरिएको थियो। राजधानीबाट गएका र पालुङका स्थानीय स्रष्टाहरूले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका थिए।

स्वास्थ्य, सिर्जना र पर्यटन प्रवद्र्धनका लागि विसं. २०७३ को मंसिरबाट सुरु भएको पदयात्री डिल्लीरमण सुवेदीले बताए। ‘त्रिभुवन राजपथको नौखण्डेबाट देखिएको दृश्यले लोभ्याएको थियो। पदयात्राको क्रममा साहित्य सम्बन्धी छलफल समेत गर्न पाएका थियौं, ’संयोजक शीतल गिरीले भने। स्रष्टाहरूले कविता वाचन गरेका थिए।

शीतल गिरी, डिल्लीराज अर्याल, विमल अर्याल, शारदा पराजुली, वसन्त रिजाल, परशुराम परासर, घनश्याम प्रसाई, गोविन्द नेपाल, सुमन थापा, सुनिता थापा, जयन्ता पोखरेल, प्रवीण पुमा, लीलाराज दाहाल, मन्दिरा मधुश्री, शान्ति सापकोटा, ध्रुव घिमिरे र नारायण भण्डारी लगायत स्रष्टा सहभागी भएका थिए।

प्रकाशित: ६ चैत्र २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App