८ वैशाख २०८१ शनिबार
राजनीति

सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त  लोकमानसिंह कार्कीलाई अयोग्य हुने  फैसला सुनाएको छ। न्यायाधीश इश्वर खतिवडा,आन्नदमोहन भट्टराई र अनिल सिन्हाको इजलाशले अख्तियारको प्रमुख  आयुक्त हुन आवश्यक योग्यता नपुगेको फैसला सुनाएको हो। कार्कीको उच्च नैतिक चरित्र र २० वर्षे सेवा अवधी समेत नपुग्ने सर्वोच्चको फैसलामा उल्लेख छ। सर्वोच्चले म्याद तामेलीमा अवरोध गर्ने कार्कीका ज्वाई प्रवल थापा, वडा सचिव सरिता राई, नकुल गौतम नेपाल प्रहरीका सई र सर्वोच्च तामेलदार शम्भु खत्रीलाई अवहेलाना ठहर हुने फैसला अदालतले सुनाएको छ।

यो मुद्दामा निवेदक र सरकारी पक्षका कानुन व्यवसायीले पुस ७ गते बहस गरेका थिए।

कार्की पक्षका कानुन व्यवसायीको बहस सकिएपछि उनीहरूले उठाएका विषयमा निवेदकतर्फका वकिलले आइतवार जवाफ दिएपछि यस्तो फैसला सुनाएको हो। 

कार्कीका पक्षबाट कानुन व्यवसायी बद्रीबहादुर कार्की, बाबुराम कुँवर, महादेव यादव, सुशील पन्त र सुरेन्द्र महत्तोले बिहीबार बहस गरेका थिए। पक्षवाट बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले वहश गरेका थिए। 

पुस ७ गतेबाट सुरु भएको अन्तिम सुनुवाइ ‘हेर्दाहेर्दै’  राखिएको थियो। कार्कीका निजी कानुन व्यवसायीले पुस ८ गते बहश सुरु गरे पनि नसकिएपछि सुनुवाइलाई ‘हेर्दाहेर्दै’ मा राखेर बिहीबारबाट पुन सुरु गरिएको थियो। निवेदकका तर्फबाट थापा, गोबिन्द शर्मा बन्दी, सुनीलकुमार पोखरेल, रमेश बडाल, विजय मिश्र र ओमप्रकाश अर्यालले वहश गरेका थिए।

प्रमुख राजनीतिक दलले २०६९ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्ने समझदारी गरेका थिए। सोही समझदारीमा राजनीतिक समस्या समाधान गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी राजनीतिक संयन्त्र गठन गरिएको थियो। २०६९ चैत ३ गते बसेको संयन्त्रको बैठकले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि संवैधानिक परिषद्लाई सिफारिस गर्ने निर्णय लिएको थियो । उक्त सिफारिसमा टेकेर परिषद्ले कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरेको थियो । उक्त नियुक्तिलाई चुनौती दिँदै ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला सुनाएको थियो । फैसलामा चित्त नबुझेपछि अर्यालले पुनः सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए । सोही पुनरावलोकन निवेदनमा अहिले अन्तिम बहस भइरहेको छ ।

 

 

 

प्रकाशित: २४ पुस २०७३ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App