८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री नआएपछि समिति बैठक स्थगित

काठमाडौं – संघीय निजामती विधेयकमाथि छलफल गर्न बोलाएको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले विरामी भएको भन्दै बैठकमा नआएपछि विधेयकमाथिको छलफल स्थगित भएको थियो। संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धी विधेयक एक बर्षदेखि समितिमा छलफलमा छ। संघीय निजामती विधेयक नहुँदा कर्मचारीको सरुवा, बढुवामा असर परेको छ, कर्मचारी समायोजनको विषयमा स्पष्ट गर्न, प्रदेश र स्थानीय तहको कानुन बनाउन तथा अन्य प्रशासनिक कामका लागि यो कानुनको आवश्यकता रहेको छ। कर्मचारीको पदपूर्ति सम्बन्धी विशेष व्यवस्थामा पनि विवाद रहेको छ। कर्मचारीको उमेद्वार हुन योग्यताको विषय, कर्मचारी ट्रेड युनियन सम्बन्धी विषयमा पनि सहमति जुटेको छैन। प्रदेश सरकारको प्रमुख सचिवसम्बन्धी व्यवस्था तथा प्रदेश सरकारको सचिव वा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी व्यवस्थामा कुनै सहमति भएको छैन।

प्रकाशित: ६ चैत्र २०७६ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App