coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दश लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

मकवानपुर- करिब १० लाख अवैध भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भारतीय ९ लाख ९९ हजार रुपैयाँसहित प्रहरीले भारतीय बोलेरो चालक भारतको ओडिसा राज्यको बैरातपुर जिल्ला पैरासवका ३१ वर्षीय विजय चौधरी र भारतकै पश्चिम बंगालको नहेटी, माउतपुरका ३८ वर्षीय शंकर सरकारलाई पक्राउ गरेको हो।

पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका १५, रातोमाटेमा खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको पश्चिम बंगालको डब्लुबि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोलाई जाँच गर्दा अवैध भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक टिकाबहादुर कार्कीले बताए।

२ सय, ५ सय, हजार र २ हजारको प्रतिबन्धित भारतीय रुपैयाँ बोकेर हिडेकाले उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए।

प्रकाशित: ५ चैत्र २०७६ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App