coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा आगलागी, चार घर जलेर नष्ट, २२ लाखको क्षति

नगरपालिकाको राहत लिनका लागि भेला भएका सल्ले हात्तीटारका अग्नी पीडित । तस्बिर सौजन्य : देवराज केसी

खोटाङ– आगलागी हुँदा खोटाङमा चार घर जलेको छ। केटाकेटीले आगो खेलाउँदा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका लोकेन्द्र माझी, जोखे माझी, सितादेबी माझी र झनबहादुर थापाको घर जल्दा अनुमानित २२ लाख बराबरको धनमाल नष्ट भएको छ।

आगलागीमा झनबहादुरको करीब ८ लाख, लोकेन्द्रको ५ लाख, जोखेको ५ लाख र सितादेबीको करिब ४ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। लोकेन्द्र माझीको घरबाट सुरु भएको आगोले अन्य तीन घर पनि जलाएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

आगलागीबाट विस्थापितलाई बुधबार हलेसी तुवाचुङ नगरपालिकाले खाद्यान्न तथा बन्दोवस्तीका सामान प्रदान गरेको छ। आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट जनही २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बल लगायतका राहत सामग्री प्रदान गरिएको छ। यस्तै, सल्लेस्थित वडा स्तरिय विपद व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्नी पीडितलाई प्रति परिवार ३ हजारका दरले रकम प्रदान गरेका छन्।

स्थानीय दुधकोसी युवा क्लवले पनि आगोबाट विस्थापित परिवारका लागि अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको जनाइएको छ। आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयको बिचल्नी भएको छ।

 

 

प्रकाशित: ५ चैत्र २०७६ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App