८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा थप एकको मृत्यु, मर्नेको संख्या तीन पुग्यो

नयाँ दिल्ली – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार थप एक जनाको ज्यान गएको छ। महाराष्ट्र राज्यको मुम्बईस्थित कस्तुरवा अस्पतालमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

यसअघि कोरोना संक्रमणबाट कर्नाटक राज्यका ७६ वर्षीय पुरुष र दिल्लीकी ६८ वर्षीया महिलाको ज्यान गएको थियो। भारतमा कोरोना संक्रमितको संख्या १३७ पुगेको छ। वल्र्डओमिटर डट कमका अनुसार मंगलबार आठ जनामा कोरोना संक्रमण देखिएको छ। भारतमा संक्रमितमध्ये १४ जना उपचारपछि घर फर्किएका छन्। 

प्रकाशित: ५ चैत्र २०७६ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App