८ वैशाख २०८१ शनिबार
समाज

दोस्रोपटक बेपत्ताको सूची सार्वजनिक

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २५ सय ६ जना बेपत्ताको सूची दोस्रोपटक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामध्ये खानेपानी मन्त्री बीना मगरको नामसमेत बेपत्ता सूचिमा उल्लेख छ।

मंगलबार सार्वजनिक गरिएका नाम भने पूरानै पदाधिकारीको कार्यकालमा सूचि सार्वजनिक भइसकेको थियो। नयाँ पदाधिकारी आएर काम सुरु गरेपछि विस्तृत अध्ययनका लागि नाम सार्वजनिक गरिएको बेपत्ता आयोगका सूचना अधिकारी निराजन घिमिरेले बताए।

शसस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएको भनी आयोगमा दर्ता हुन आएका उजुरीका आधारमा नामावली तयार पारिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष युवराज सुवेदीसहित पाँच जना पदाधिकारीको संयोजकत्वमा अनुसन्धान टोलीसमेत गठन गरी काम थालिएको घिमिरेले बताए।

ती व्यक्तिको सम्बन्धमा कुनै जानकारी, सूचना, प्रमाण भए आयोगको ठेगानामा उपलब्ध गराई सघाउन आयोगको आग्रह छ। सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट ४५ दिन भन्दा बढी बेपत्ता पारिएका व्यक्तिलाई सूचीमा समावेश गरिएको छ। त्यस समयमा बेपत्ता भएका र अहिले सार्वजनिक भैसकेका व्यक्तिको नामसमेत सूचीमा छ। ‘मन्त्री बिना मगरको नाम पनि बेपत्ता सूचीमा छ। तर, त्यो आंशिक बेपत्ता सूचीमा राखिएको छ,’ सूचना अधिकारी घिमिरेले भने।

प्रकाशित: ५ चैत्र २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App