८ वैशाख २०८१ शनिबार
समाज

नेपाली सेनाको गाडी दुर्घटना, ३३ घाइते, तीन जनाको अवस्था गम्भीर

डडेल्धुरा– शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना  सेना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार राति देखि अबरुद्ध रहेको भिमदत्तराजमार्गको हगुल्टे सडक खण्ड खुलाई फर्किने क्रममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुडदल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना  भएको थियो।

अवरुद्ध सडक  सुचारु गरी फर्कने क्रममा साउखर्क भन्दा करिव ५ सय मिटर यता डडेल्धुरास्थित गरुडदल गणका सेनाहरु चढेको गाडी सडकबाट करिव ५० मिटर तल  खसेको गरुडदल गणका क्याप्टेन प्रेम बोगटीले बताए। घाइते सेनाहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: २४ पुस २०७३ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App