coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाक्लो हिमपातपछि बाजुराका एघार गाविसको आवतजावत ठप्प

बाजुरा-शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् । 

शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ । बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका अन्य अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दालगायत ठाउँमा शनिबारदेखि नै पर्न थालेको थियो । 

पोरखे लेकमा पाँचदेखि छ फिट हिउँ परेका कारणले मानिस र अन्य सवारीका साधन नचलेको प्रजिअ देवेन्द्र लामिछानेले बताए । उनले हिउँ पर्न थालेपछि उत्तरी भेगमा जाने सवारी साधन, खच्चर, भेंडासमेत चल्न–हिँड्न बन्द भएको जानकारी दिए । 

जिल्लामा बाक्लो हिमपात भएपछि ११ गाविसमा रहेका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । 

जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् । 

यसैबीच पानी परेपछि भने किसान खुसी भएका छन् । लगाइएको गहुँखेती राम्रो हुने भन्दै उनीहरुको अनुहारमा खुसी देखिएको छ । लामो समयको खडेरीले जिल्लाको वाइ गाविसमा तीन खेती नलगाएर खेत बाँझै राखिएको थियो । रासस

प्रकाशित: २४ पुस २०७३ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App