coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान

मतदान गर्दै मुख्यमन्त्री लालबाबु राउत ।

जनकपुर – प्रदेश नम्बर– २ को नामाकरण र राजधानी तोक्न मतदान सुरु भएको छ। सर्वसम्मत नभएपछि नाम र राजधानी तोक्न मतदान गर्न लागिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जानकी राख्ने प्रस्ताव राखेको छ। उसले राजधानी जनकपुर नै उचित हुने बताएको छ। नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ। प्रदेश सभाको गणित अनुसार ७२ मतका साथ नाम र राजधानी टुंगो लाग्नु पर्छ। दुईतिहाईको मत पुगेन भेन फेरि प्रदेश सभामा प्रस्ताव पेश गरेर पुनः मतदान गरिनेछ।

प्रदेश सरकारमा सहभागी समाजवादी र राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर प्रस्ताव गरेको छ। सभामुख सरोज कुमार यादवले पहिलो मतदान गरेका थिए।

सहमति नभएपछि संसदीय समितिको विषेश समितिले मतदानको लागि सुझाव दिएको थियो ।

 

प्रकाशित: ४ चैत्र २०७६ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App