coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खानेपानी बक्याैताको दुई करोड असुल

वीरगन्ज-करिब एक दशकपछि खानेपानीमा सुधार आउँदा वीरगन्जका ६० प्रतिशत बासिन्दाले शुद्ध खानेपानी प्रयोग गर्न थालेका छन् । 

करिब साढे सात हजार ग्राहक रहेको जिल्ला खानेपानी कार्यालय, पर्साले वितरण गर्ने पानीबाट दैनिक दुई लाख ५० हजार उपभोक्ता खानेपानी प्रयोग गरी लाभान्वित हुँदै आएको कार्यालय प्रमुख चन्देश्वर साहले बताए । 

वीरगन्ज उपमहानगरपालिका–१ देखि १९ सम्मका उपभोक्तालाई दैनिक ८० लाख लिटर पानी दिने गरेको सो कार्यालयले जनाएको छ । 

पानी प्रयोग गरी लामो समयसम्म रकम नतिर्ने सरकारी कार्यालय तथा उपभोक्तासँग बक्यौता रहेको करिब रु दुई करोड असुल गर्न कार्यालयले धाराको लाइन काट्ने अभियान थालेपछि उपभोक्ताले बक्यौता रकम बुझाउन थालेका छन् । 

बजेटको अभावका कारण लामो समयदेखि जमिनमुनि बिछ्याएको खानेपानीको ९० प्रतिशत पाइप जीर्ण अवस्थामा रहेकाले सोको पूर्णरूपमा मर्मत सम्भार हुन नसक्दा उपभोक्तालाई समस्या पर्दै आएको थियो। रासस

प्रकाशित: २४ पुस २०७३ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App