८ वैशाख २०८१ शनिबार
समाज

मनोरञ्जन गतिविधि प्रभावित

फाइल तस्बिर: नागरिक

भक्तपुर – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्। भक्तपुर वरपरका फिल्म हलहरूमा दर्शकको उपस्थिति ह्वात्तै घटेसँगै हल सञ्चालकहरू चिन्तित देखिएका छन्।

हाल भक्तपुर वरपर सात वटा फिल्म हलहरू सञ्चालित छन्। त्यसमध्ये सूर्यविनायक बाराहीस्थानस्थित बाराही मुभिजबाहेकका इटाछेंस्थित नवदुर्गा चलचित्र मन्दिर र गणेश सिनेमा हललगायत फिल्म हलहरू बन्द हुने अवस्थामा छन्।

रंगकर्मी विजय बिस्फोट भेला र छलफलमा सहभागी हुन नसक्दा नाटकसम्बन्धी गुिचारु गर्न नसकिएको बताउँछन्। ‘कोरोना भाइरस संक्रमणको त्राससँगै नियमित नाटक मञ्चनमा प्रभावित भएका छन्। नाटक रिहर्सलदेखि मञ्चन हुँदासम्म संक्रमण हुने डरले कलाकार र दर्शकहरू सक्रिय हुन सकेका छैनन्,’ उनले भने, ‘कोरोना त्राससँग अधिकांश नाटक घरहरू प्रभावित भएका छन्।’ स्तरीय नाटकहरूको अभाव र नाटक घरहरूको महंगो टिकट दरका कारण यस क्षेत्र सुस्त भएको अवस्थामा कोरोना त्रासले थप अफ्ठ्यारो परेको तर्क उनले गरे।

कोरोना त्राससँगै यहाँका साहित्यिक गतिविधि शून्यजस्तो भएको भक्तपुर साहित्यिक समाजका सचिव जितेन्द्र रसिक बताउँंछन्। ‘ कोरोना त्राससँगै यहाँ आयोजना हुने साहित्यिक कार्यक्रमहरू शून्य भएका छन्।स्कुलदेखि कलेजसम्म सञ्चालन हुने साहित्यिक क्रियाकलाप ठम्प छन्,’ उनले भने।

नाट्यकर्मी समाज भक्तपुरका सदस्य राजेन्द्र श्रेष्ठ भक्तपुरमा सक्रिय भइरहेका नाटकसम्बन्धी गतिविधि कोरोनाका कारण प्रभावित भएका छन्। भक्तपुर दरबार क्षेत्रमा नियमित हुने फिल्म र म्युजिक भिडियोहरूका सुटिङ पछिल्लो समय सुस्ताएका छन्।

सरकारले विश्‍वमा महामारीको रुप लिइरहेको कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन उच्च सावधानी अपनाउन आह्वान गे छ। संक्रमणबाट जोगिन सर्वसाधरणसहित सबैले एक अर्कामा हात, गला नमिलाउने, निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले राम्रोसँग हात धुने, खानेकुरामा पनि आवश्यक सावधानी अपनाउने र भीड हुने ठाउँमा नजाने जस्ता विषयमा ध्यान दिन आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले देशभर दुई सय ३५ वटा आईसीयु र एक सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको जानकारी गराएका थिए। नेपालमा हालसम्म एक जनामा मात्रै कोरोना भाइरस देखिएको र ती व्यक्ति निको भइसकेको उनले बताए।

प्रकाशित: ४ चैत्र २०७६ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App