coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जेम्स बोन्ड अभिनेत्रीलाई कोरोना संक्रमण

पेरिस (एजेन्सी) – हलिउड फिल्म जेम्स बोन्डको ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री तथा मोडल ओल्गा कुरेलेन्कोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएकी थिइन्।

‘करिब एक हप्तादेखि बिरामी भएको छु। ज्वरो र थकानको लक्षय देखिएलगत्तै चिकित्सकको सुझावमा परीक्षण गराउँदा कोरोना भाइरस भएको पुष्टि भएपछि घरमै क्वारेन्टाइनमा बसेकी छु,’ उनले भनेकी छन्, ‘यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिएर चिकित्सकहरूसँग सुझाव लिनु होला।’

यसअघि अस्कर विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको थियो। अभिनेता ह्यांक्सले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र श्रीमतीलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएका थिए।

हाल स्थिर स्वास्थ्य अवस्था रहेका ह्यांक्स दम्पती अस्ट्रेलियाको अस्पतालमा अलग्गै बसेका छन्। विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको केही समयपछि ह्यांक्स दम्पनीमा संक्रमण भएको पत्ता लागेको थियो।

प्रकाशित: ४ चैत्र २०७६ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App