८ वैशाख २०८१ शनिबार
अर्थ

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

विराटनगर– पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो। यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो।

यस क्षेत्रमा मोरङमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाको ७८ हजार हेक्टर जग्गामध्ये २३ हजार ४०० हेक्टर जग्गामा रोपाइँ सम्पन्न भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ। वर्षासँगै सुनसरी–मोरङ सिँचाइ योजनाको नहरका साथै अन्य साना सिँचाइको सुविधाका कारण मोरङ र सुनसरीमा अन्य जिल्लाको तुलनामा रोपाइँमा वृद्धि भएको छ ।

सुनसरीमा अहिलेसम्ममा ४३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाकोे ५१ हजार हेक्टर जग्गामध्ये २१ हजार ६०४ हेक्टर जग्गामा रोपाइँ सम्पन्न भएको हो । सप्तरीमा पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाको ७० हजार हेक्टर जग्गामध्येबाट तीन हजार ५०० हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।

झापाको ९० हजार हेक्टरमध्ये नौ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । सिरहाको ६० हजार ७५७ हेक्टरमध्ये सात हजार २९० हेक्टर अर्थात् १२ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिए। ताप्लेजुङको १० हजार ९९० हेक्टरमध्ये दुई हजार ८६८ हेक्टर अर्थात् २६ प्रतिशत, पाँचथरको ११ हजार ५०० हेक्टरमध्येबाट तीन हजार २२० हेक्टर अर्थात् २८ प्रतिशत, इलामको १५ हजार ९१५ हेक्टरमध्ये पाँच हजार ३७० हेक्टर अर्थात् ३४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी, सङ्खुवासभाको १४ हजार २८० हेक्टरमध्ये दुई हजार १४२ हेक्टर अर्थात् १५ प्रतिशत, भोजपुरको १९ हजार १९० हेक्टरमध्येबाट पाँच हजार ७५७ हेक्टर अर्थात् ३० प्रतिशत, तेह्रथुमको १० हजार १७५ हेक्टरमध्येबाट ६ हजार १०५ हेक्टर अर्थात् ६० प्रतिशत र धनकुटाको ११ हजार २०४ हेक्टरमध्ये तीन हजार ३६२ हेक्टर अर्थात् ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यस्तै सोलुखम्बुको एक हजार ५२५ हेक्टरमध्ये ६१० हेक्टर अर्थात् ४० प्रतिशत, ओखलढुङ्गाको ६ हजार ६०५ हेक्टरमध्ये करिब एक हजार हेक्टर अर्थात् १५ प्रतिशत, खोटाङको १५ हजार २०२ हेक्टरमध्ये ६ हजार ८४१ अर्थात् ४५ प्रतिशत र उदयपुरको १४ हजार ७५० हेक्टरमध्ये तीन हजार २४५ हेक्टर अर्थात् २२ प्रतिशत रोपाइँ सम्पन्न भएको बताइएको छ। रासस

 

प्रकाशित: २० असार २०७३ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App