८ वैशाख २०८१ शनिबार
समाज

डाक्टरमाथि हातपात, सेवा ठप्प

भैरहवा – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा डाक्टरमाथि हातपात भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। उपाचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै मेडिकल कलेज प्रशासनले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो।

३ दिनदेखि नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी बुढामगरको उपचारकै क्रममा सोमबार बिहान पौने ९ बजे मृत्यु भएको थियो। मस्तिष्कमा रगत जमेकाले स्थिति गम्भीर रहेको अवस्थामा आइसियू कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो। उपचारको क्रममा मृत्यु भएपछि आफन्तद्वारा अस्पतालले बिरामीको उपचारमा लापरबाही गरेकाले मृत्यु भएको भन्दै डाक्टरमाथि कुटपिट गरेका थिए। आइसियूमै तैनाथ सर्जन डाक्टर अर्चन घिमिरेमाथि आफन्तहरू आवेशमा आई हातपात गरेका थिए। कुटपिटबाट घाइते डाक्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ। मृतकको शव परिवारले बुझेर लगिसकेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए।

मेडिकल कलेज प्रशासनले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्ने वातावरण सृजना गर्ने माग राख्दै आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। घटनाको नेपाल मेडिकल एसोसिएसनले पनि ऐक्यबद्धता जनाएको छ। एसोसिएनका लुम्बिनी अञ्चल शाखा महासचिव सन्तोष पोखरेलले दोषीलाई तुरुन्त कारबाही नगरे प्रदेश ५ सहित देशभरका मेडिकलको ओपिडी सेवासमेत बन्द गर्नसक्ने चेतावनी दिए।

प्रकाशित: ४ चैत्र २०७६ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App