coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चितवनमा नुन अभाव नहुने

नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखामा मौज्दात रहेको नुन। तस्बिर ः सूर्यप्रकाश कँडेल/नागरिक

चितवन - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै बजारमा नुनको बिक्री बढेको छ। कोरोना भाइरसको त्रासले एउटै उपभोक्ताले १० किलोसम्म नुन लैजान थालेका छन्। नुन अभाव हुने हल्लाको पछाडि लागेर उपभोक्ताले घरमा नुन थुपारेका हुन्।

आयोडिनयुक्त नुनको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरसनको चितवन शाखाले नुनको मौज्दात पर्याप्त मौज्दात भएकाले बजारमा नुन अभाव नहुने जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले बजारमा नुन अभाव नभएको जानकारी दिँदै नारायणगढमा रहेको साल्ट ट्रेडिङको गोदाममा कम्तीमा १० महिनालाई पुग्ने नुन मौज्दात रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए।

साल्ट ट्रेडिङसँग नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु पर्याप्त रहेको भन्दै उनले उपभोक्तालाई नुन र चिनी अभाव नहुनेमा ढुक्क हुन आग्रह गरे। अत्यावश्यक उपभोग्य वस्तु अभाव हुन लागेको हल्ला चलाएर बजार भाउ बढाउने कालाबजारियाहरुलाई प्रशासनले कारबाही गर्नुपर्ने उनको भनाइ छ।

विगतमा भूकम्प र नाकाबन्दीलगायत विपदमा समेत साल्ट ट्रेडिङले आफ्नो जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले अरु आवश्यक खाद्यवस्तु, चिनी, दाल, चामल, गेडागुडी समेत आफूहरुको गोदाममा पर्याप्त रहेको र सुपथ मूल्य पसलमार्फत बिक्री गरिरहेको जानकारी दिए।

प्रकाशित: ४ चैत्र २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App