coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजधानी र नामकरण टुंग्याउन आज मतदान

जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी र नामाकरणकालागि आज(मंगलबार) मतदान हुने भएको छ। प्रदेशसभाबाट राजधानी र नाम टुंगो लगाउन गठित विशेष संसदीय समितीको पटकपटक बसेको बैठकमा राजधानीबारे टुंगो लागे पनि नामकरणबारे सत्तारूढ र प्रतिपक्षी दलबीच सहमति नजुटेपछि मतदान हुन लागेको हो। गत फागुन २९ गते बसेको प्रदेशसभा बैठकमा समितिले प्रतिवेदन पेस गर्दै मतदानका लागि सुझाव दिएको थियो।

मंगलबार बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठकमा पार्टी तथा सांसदले प्रस्ताव गरेको नाम र राजधानीको बारेमा समान्य छलफलपछि मतदान हुने प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार सचिवालयले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको छ। समितिको प्रतिवेदनमा प्रदेश राजधानीको लागि दर्ता भएको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता गराएर जनकपुर राजधानि राखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनरायण मण्डल, नेपाली काग्रेस संसदीय दलका नेता रामसरोज यदाव र राजपा संसदीय दलका सचेत परमेश्वर साहले संशोधन प्रस्ताव दर्ता गराएर जनकपुर राजधानीको प्रस्ताव दर्ता गराएको छ। यस्तै सत्तारूढ समाजवादी र राजपाले संयुक्त रूपमा प्रस्ताव गरेको मधेस प्रदेशको नामबाट पछि नहट्ने भएपछि नामाकरणमा सहमति हुन सकेको छैन। दुवै दलले प्रस्तावन गरेको नाम अगाडि मधेस शब्द जोड्न तयार मात्र मधेस राख्न तयार नदेखिदा सहमति हुन नसकेको हो।

गत भदौ ५ गते नेकपाले जानकी र नेपाली काग्रेसले मिथिला भोजपुराको प्रस्ताव दर्ता गराएको थियो। मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानिका लागि दुईतिहाइ मत आवश्यक पर्छ। गोप्य मतदान हुने भएकोले जनकपुर राजधानीमा दुईतिहाइ मत पुग्ने तर नामाकरणमा कुनै प्रस्तावमा बहुमत नपुुग्ने सांसदहरु बताउछन्। प्रदेश सभामा १ सय ७ मध्ये पक्षमा ७२ जना सांसदको मत आवश्यक पर्छ।

प्रदेशसभामा सता पक्ष समाजवादी पार्टी को ३०, राजपा २५ सांसद गरी ५५ जना छन्। सता पक्षको प्रस्ताव पारित गर्न २ तिहाईका लागि १७ जना सांसद आवश्यक पर्छ। प्रमुख प्रतिपक्ष नेकपाको ३२, प्रतिपक्ष कांग्रेस १९ र संघीय समाजवादी पार्टीको १ सांसद छन्। प्रदेशको राजधानी र नाम सम्बन्धमा विभिन्न दल तथा सांसदले गत भदौ ५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठकबाट सभामुख यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो।

प्रकाशित: ४ चैत्र २०७६ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App